back
CTIZAN AD

लघुकथाः ज्ञानी छोरी

वि.सं.२०७६ चैत १५ शनिवार

1.1K 

shares

हा हा हा सुन्दै डर लाग्दो भयानक अठ्ठहास हाँसो सुनेर नानिले सोध्छ–तिमी को हौ ?

कालो बडेमानको मान्छेले गर्जन हाँसोको साथ भन्छ–म कोरोना हुँ ।

कुरा सुनेर नानिले भन्छ-कोरोना ! के गर्छौ तिमी ?

कोरोनाले हाँस्दै भन्छ-म भाईरस हुँ । मान्छेमा रोग सार्छु मार्छु ।

नानिले सोध्छे-कसरी सार्छौ रोग ?

कोरोनाले भन्छ-म श्वास प्रस्वाँसको माध्यमबाट मान्छेको शरिरमा प्रवेश गर्छु । संक्रमण पार्छु । बिस्तारै मान्छेमा रुघा सुख्खा खोकी लगाउँछु । थकाई लगाउँछु । शरीर भरि संक्रमण गर्छु । महामारी फैलाउँछु । अनि मान्छेलाई सखाप पार्छु ।

कोरोनाको कुरा सुनेर नानी डराउँदै भन्छे-ए ! कोरोना तिमीले मलाई कसरी संक्रमण गर्छौ ?

नानीको कुरा सुनेर कोरोनाले भन्छ-म तिमीलाई पनि संक्रमण पार्न सक्छु ।

जवाफ सुनेर नानिले सोध्छे–कोरोना, तिमीले मलाई संक्रमण पार्न सक्दैनौ ? किन कि मैले माश्क लगाएको छु । बेला बेला साबुन पानीले हात धुन्छु र सेनिटाईजरले हात मजाले मल्छु । बिहान बेलुकी व्यायाम गर्छु ।

नानिको कुरा सुनेर कोरोनाले भन्छ–म तिमीलाई पनि रोग फैलाउन सक्छु ।

नानिले हाँस्दै भन्छे–ल ! कसरी मलाई संक्रमण गर्छौ हेरम त ?

नानिको कुरा सुनेर कोरोनाले हाँस्दै –ल ! हेर भन्दै नानिको हातमा भाईरस टाँसिन्छ जान्छ । हात साबुन पानीले राम्ररी सफा गरेर सेनेटाईजर लगाएको हुनाले भाईरस हातमा टाँस्ने बित्तिकै मर्छ ।

नानिले व्यंग्य गर्दै भन्छे-हातमा टाँसिन भाईरस पठायौं । मर्यो हैन ? अब कसरी संक्रमण पार्छौ ?

कोरोनाले भन्छ-अब श्वास माध्यमबाट तिमीमा रोग सार्छु ।

कुरा सुनेर नानिले भन्छे-हेरम त ! कसरी स्वाँसको माध्यमबाट मलाई रोग सार्न सक्छौं ?

नानिको कुरा सुनेर कोरोनाले आक्रोश हुँदै भन्छ –ल ! हेर । भाईरस नाक मुखमा पठाउँछु । माश्क लगाएकिले भाईरसले भित्र छिर्न अनेक प्रयास गर्छ । तर सफल हुँदैन । अन्तमा कोरोना हार खान्छ ।

नानीले भन्छे– ए ! कोरोना तँ छिटै यहाँबाट गई हाल । नत्र तँलाई औषधि छर्केर सखाप पार्छु । जा ! छिटै गई हाल ।

निन्द्रामा छोरी कराएको सुनेर आमाले उठाउँदै काखमा लिएर सोध्छीन्–के भो नानी ? किन निन्द्रामा बर्बराएकी ?

आमाको कुरा सुनेर नानिले भन्छे–आमा ! हजुरले भने जस्तै अब म बेलाबेलामा साबुन पानीले राम्ररी हात धुन्छु । सेनेटाईजर मजाले हातमा मल्छु । माश्क लगाउँछु । बिना काम घरबाट निस्कन्न । बाहिर खेल्न पनि जान्न । साथिहरुसंग कुरा गर्दा दुई मिटर परै बस्छु । यो रोग फैलिन नदिन अरुलाई पनि म जस्तो गर्नु है भनेर सचेत गर्छु ।

छोरिको कुरा सुनेर मायाले काखिमा च्यापेर आमाले भन्छिन्–स्यावास् मेरी ज्ञानी छोरी ।

वि.सं.२०७६ चैत १५ शनिवार ०९:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...