back
CTIZAN AD

लघुकथाः ज्ञानी छोरी

वि.सं.२०७६ चैत १५ शनिवार

1K 

shares

हा हा हा सुन्दै डर लाग्दो भयानक अठ्ठहास हाँसो सुनेर नानिले सोध्छ–तिमी को हौ ?

कालो बडेमानको मान्छेले गर्जन हाँसोको साथ भन्छ–म कोरोना हुँ ।

कुरा सुनेर नानिले भन्छ-कोरोना ! के गर्छौ तिमी ?

कोरोनाले हाँस्दै भन्छ-म भाईरस हुँ । मान्छेमा रोग सार्छु मार्छु ।

नानिले सोध्छे-कसरी सार्छौ रोग ?

कोरोनाले भन्छ-म श्वास प्रस्वाँसको माध्यमबाट मान्छेको शरिरमा प्रवेश गर्छु । संक्रमण पार्छु । बिस्तारै मान्छेमा रुघा सुख्खा खोकी लगाउँछु । थकाई लगाउँछु । शरीर भरि संक्रमण गर्छु । महामारी फैलाउँछु । अनि मान्छेलाई सखाप पार्छु ।

कोरोनाको कुरा सुनेर नानी डराउँदै भन्छे-ए ! कोरोना तिमीले मलाई कसरी संक्रमण गर्छौ ?

नानीको कुरा सुनेर कोरोनाले भन्छ-म तिमीलाई पनि संक्रमण पार्न सक्छु ।

जवाफ सुनेर नानिले सोध्छे–कोरोना, तिमीले मलाई संक्रमण पार्न सक्दैनौ ? किन कि मैले माश्क लगाएको छु । बेला बेला साबुन पानीले हात धुन्छु र सेनिटाईजरले हात मजाले मल्छु । बिहान बेलुकी व्यायाम गर्छु ।

नानिको कुरा सुनेर कोरोनाले भन्छ–म तिमीलाई पनि रोग फैलाउन सक्छु ।

नानिले हाँस्दै भन्छे–ल ! कसरी मलाई संक्रमण गर्छौ हेरम त ?

नानिको कुरा सुनेर कोरोनाले हाँस्दै –ल ! हेर भन्दै नानिको हातमा भाईरस टाँसिन्छ जान्छ । हात साबुन पानीले राम्ररी सफा गरेर सेनेटाईजर लगाएको हुनाले भाईरस हातमा टाँस्ने बित्तिकै मर्छ ।

नानिले व्यंग्य गर्दै भन्छे-हातमा टाँसिन भाईरस पठायौं । मर्यो हैन ? अब कसरी संक्रमण पार्छौ ?

कोरोनाले भन्छ-अब श्वास माध्यमबाट तिमीमा रोग सार्छु ।

कुरा सुनेर नानिले भन्छे-हेरम त ! कसरी स्वाँसको माध्यमबाट मलाई रोग सार्न सक्छौं ?

नानिको कुरा सुनेर कोरोनाले आक्रोश हुँदै भन्छ –ल ! हेर । भाईरस नाक मुखमा पठाउँछु । माश्क लगाएकिले भाईरसले भित्र छिर्न अनेक प्रयास गर्छ । तर सफल हुँदैन । अन्तमा कोरोना हार खान्छ ।

नानीले भन्छे– ए ! कोरोना तँ छिटै यहाँबाट गई हाल । नत्र तँलाई औषधि छर्केर सखाप पार्छु । जा ! छिटै गई हाल ।

निन्द्रामा छोरी कराएको सुनेर आमाले उठाउँदै काखमा लिएर सोध्छीन्–के भो नानी ? किन निन्द्रामा बर्बराएकी ?

आमाको कुरा सुनेर नानिले भन्छे–आमा ! हजुरले भने जस्तै अब म बेलाबेलामा साबुन पानीले राम्ररी हात धुन्छु । सेनेटाईजर मजाले हातमा मल्छु । माश्क लगाउँछु । बिना काम घरबाट निस्कन्न । बाहिर खेल्न पनि जान्न । साथिहरुसंग कुरा गर्दा दुई मिटर परै बस्छु । यो रोग फैलिन नदिन अरुलाई पनि म जस्तो गर्नु है भनेर सचेत गर्छु ।

छोरिको कुरा सुनेर मायाले काखिमा च्यापेर आमाले भन्छिन्–स्यावास् मेरी ज्ञानी छोरी ।

वि.सं.२०७६ चैत १५ शनिवार ०९:२४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...