back
CTIZAN AD

अबको यात्रा ‘ईको समाजवाद’

वि.सं.२०७६ चैत १५ शनिवार

1.1K 

shares

 अबको लोकतन्त्र वा समाजबादले एकोहोरो मानव जातीको भलाईको मात्र कुरा गरेर पुग्दैन । यो पुरै पर्यावरण स्वच्छ हुदा मात्र हाम्रो पनि भलाई हुने हो। अहिलेको नवउदारवादी अर्थव्यवस्था र कर्पोरेट शासनले यी बिषयमा सम्बोधन गर्न सक्ला ?  यदी कसैले यस्तो सोचेको छ भने त्यो भन्दा ठूलो भ्रम केही होइन।

मानव सभ्यताको १० हजार बर्ष पुरानो अलिखित र लिखित समयक्रममा यश जातीले कयौ उपलब्धीहरु हासिल गरेपनी केही अक्षम्य गल्तीहरु गर्‍यो। आफ्नो सुखको निम्ति प्रबिधीको बिकास मानबको निम्ति अपरिहार्य आबश्यकता भएपनि समयक्रममा दुईवटा गम्भीर गल्तीहरु भए ।

पहिलो मान्छे जातीले यश सृष्टिका अन्य चराचर, जलचरहरुको बाँच्न पाउने अधिकार माथी धावा बोल्यो । कयौँ जीवहरु मानबिय क्रियाकलापका कारण यश संसार बाट लोप भए।दोस्रोपटक गल्ती मान्छेले प्रकृति प्रदत्त स्रोतहरुको एकोहोरो दोहन गर्‍यो । पानी, जंगल, खनिज, हावा जस्ता प्राकृतिक स्रोतहरुको अति दोहनले ती पदार्थहरु रित्तिदै गए वा प्रदुषित हुँदै गए। हामी प्रकृतिका उपज र अंग हौँ, हामी यस्को विरुद्धमा होइन समन्वय गर्दै जानुपर्छ भन्ने बिर्सिएको छ। यश सृष्टिको विभिन्न जीव मध्ये हामी एउटा हौँ, यो सबैको घर हो र सबैको अस्तित्व अबिछिन्न रहनु पर्छ र त्यसैले नै यो पूरा सृष्टि सन्तुलनमा राखेको हुन्च। जब सिंगो पर्यावरणीय प्रणाली स्वस्थ हुन्छ अनि मात्रै मानिस र मानव समाज स्वस्थ हुन सक्छ । प्रकृतिको समृद्धि सँग हाम्रो समृद्धि जोडिएको छ । प्रकृतिलाई नासेर वा खरानी बनाएर होइन। प्राकृतिक स्रोतको अत्यधिक दोहन गरेर पृथ्वीलाई कुरुप र प्रदुषित बनाउनेहरुमा अहिले बिकशित कहलिएका देशहरु नै अग्रपंक्तिमा छन्।

प्रकृति स्रोतविहीन भयो हामी पनि स्रोतविहीन हुन्छौँ किनकी त्याहाँ हाम्रो जीवन र संस्कृती जोडिएको हुन्छ।
मानव जातीले आफ्नो स्वार्थको निम्ति यश संसारमा ठुल ठुला युद्धहरु चलाएको छ, विभिन्न हानीकारक परिक्षणहरु गरेको छ। फलस्वरूप आजको दिन ठुल्ठुला बम र हतियार भन्दा सुक्ष्म जिबाणु, बिषाणुहरु मानव अस्तित्वको निम्ति खतरनाक ठहरिएका छन। सारा बिश्वलाई आतंकित बनाएको कोरोना भाइरस यसैको उपज हो। अहिले मानव जातीले अपनाएको ब्यबस्था र प्रबिधीले यो भाइरसमाथी बिजय हासिल गर्छ वस गर्दैन, अहं प्रश्न खडा भएको छ।

प्रकृतिलाई पनि माया गर्ने समाज व्यवस्था हामीलाई चाहिएको छ भन्ने भावनात्मक कुरा मात्रै होइन । अब के पनि बुझ्न जरुरी छ भने मानव समाजलाई मात्रै हेर्ने समाजवाद वा लोकतन्त्रले अब पुग्दैन । मानव समुदाय पर्यावरणीय समाजवाद तिर जानैपर्छ । संसारमा यश बारे बहसको शुरुआत भएको छ। संकटको बेलामा पनि यो चिन्तनको बिकास हुनु सकारात्मक छ। अबको लोकतन्त्र वा समाजबादले एकोहोरो मानव जातीको भलाईको मात्र कुरा गरेर पुग्दैन । यो पुरै पर्यावरण स्वच्छ हुदा मात्र हाम्रो पनि भलाई हुने हो। अहिलेको नवउदारवादी अर्थव्यवस्था र कर्पोरेट शासनले यी बिषयमा सम्बोधन गर्न सक्ला ?  यदी कसैले यस्तो सोचेको छ भने त्यो भन्दा ठूलो भ्रम केही होइन।

यो समयमा बिश्वभर चलिरहेका युद्धहरु रोकेर सारा युनिभर्सको निम्ति कल्याणकारी ब्यबस्थाको बारेमा मनन, बहस र प्रतिबद्धताको खोजी गर्न सकिन्थ्यो कि  ! अहिले चलनचल्तीको पोलिटिक्स, अर्थतन्त्र पनि क्वारेन्टाइन हुँदै आइसोलेसनमा जादैछ। कुनै दिन यस्को अबशान वा मृत्युु हुनसक्छ ।

यो ब्यबस्था र अर्थ र उत्पादन प्रणालीले महामारी, प्राकृतिक प्रकोप जस्ता महासंकटको दिर्घकालिन हल दिदैन। के हामी बैकल्पिक र समाधानको निम्ति नयाँ बिचारको निर्माण गर्न सक्छौ ?

मानव जाती र संम्पुर्ण सृष्टिको भलाईको निम्ति अबको यात्रा :
ईको समाजबाद, ईको समाजबाद, ईको समाजबाद !!!
विश्व साझा घर, साझा ब्यबस्था!!
नो भिषा, नो पासपोर्ट, नो नागरिकता !!!
प्राकृतिक जीबनशैली, ईको– समाजबाद !!
यही हो मानव जातीको निम्ति अनिवार्य अपरिहार्यता!!
ईको– समाजबाद, प्रकृति तर्फ फर्कौ !!

वि.सं.२०७६ चैत १५ शनिवार ०९:०८ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...