back
CTIZAN AD

आँखै अगाडि मृत्यु देखेपनि इटालीका ८ हजार स्वास्थ्यकर्मीले सेवाका लागि दरखास्त दिए

वि.सं.२०७६ चैत १५ शनिवार

948 

shares

१५ चैत, इटाली । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको सबैभन्दा बढी चपेटामा परेको देश इटालीमा तीन सयको संख्यामा नयाँ स्वास्थ्यकर्मीको माग गरिएकोमा ८ हजारले दरखास्त दिएका छन् ।

कोरोना भाइरसबाट इटालीमा हालसम्म ४४ जना डाक्टरले विरामीको उपचार गर्दागर्दै मृत्युवरण गरेको र ६ हजार २०५ जना संक्रमित भएको अवस्थामा पनि इटाली सरकारले माग गरेको थप तीनसय नयाँ स्वास्थ्यकर्मीमा ८ हजारले आवेदन दिएर सेवा गर्ने इच्छा देखाएका हुन् ।

ती दरखास्त दिने स्वास्थ्यकर्मीहरुमा ५ हजार भर्खरै पढाइसकेर हातमा डक्टरी सर्टिफिकेट बोकेका छन् । तर, उनीहरुमा कामको राम्रो अनुभव नभए पनि उनीहरु पहिलो लाइनमा उभिएर बिरामीको उपचार गर्नुपर्ने बताइएको छ ।

इटालीमा अहिलेसम्म ४४ जना डाक्टरसहित ९ हजार १३४ जना भन्दा बढीको मृत्यु र ६ हजार भन्दा बढी डाक्टर सहित ८६ हजार २९८ जना भन्दा बढीमा संक्रमण देखिएको भन्दै दुःख व्यक्त गरेका नेपाली समाज रोम इटालीका अध्यक्ष हरिभक्त कराखेतीले चिकित्सकहरुमा यतिधेरै संक्रमित हुनुको कारण सुरुको अवस्थामा उनीहरुले राम्रो सुरक्षा व्यवस्था नपनाएका कारण रहेको बताएका छन् ।

आँखै अगाडि कर्मथलोमा यति भयावह अवस्था देखेका उनले नेपाल सरकारलाई सजगता र सतर्कता अपनाउन ध्यानाकर्षण गराउँदै  यस मामिलामा नेपाल सरकार कहिकतै चुक्न नहुने सुझाव दिएका छन् ।

सामाजिक संजालमा नेपालका बारेमा चिन्ता मिसाउँदै कराखेतीले लेखेका छन, ‘नेपालको स्वास्थ संगठनका बिभाग र अस्पतालहरुको वास्तविक अवस्था कस्तो होला ? यस्तो संबेदनसील बिषयमा नेपाल सरकारले स्वास्थ बिज्ञहरुको समिति गठन गर्न जरुरी छ । राजनीतिज्ञहरुको थुप्रो लागेको समिति बनाउने हैन स्वास्थ्य कुनै पनि लाभ भन्दा पहिले आउँछ । यसका लागि देशको शक्ति, दिमाग, उत्कृष्टता, डाक्टर र वैज्ञानिकहरू एकैठाउँमा सम्मिलित हुनुपर्दछ । नेपाल सरकारको ध्यानाकर्षण होस् ।’

वि.सं.२०७६ चैत १५ शनिवार १८:४३ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...