back

आँखै अगाडि मृत्यु देखेपनि इटालीका ८ हजार स्वास्थ्यकर्मीले सेवाका लागि दरखास्त दिए

वि.सं.२०७६ चैत १५ शनिवार

297 

shares
RBB AD
NTC AD

१५ चैत, इटाली । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको सबैभन्दा बढी चपेटामा परेको देश इटालीमा तीन सयको संख्यामा नयाँ स्वास्थ्यकर्मीको माग गरिएकोमा ८ हजारले दरखास्त दिएका छन् ।

कोरोना भाइरसबाट इटालीमा हालसम्म ४४ जना डाक्टरले विरामीको उपचार गर्दागर्दै मृत्युवरण गरेको र ६ हजार २०५ जना संक्रमित भएको अवस्थामा पनि इटाली सरकारले माग गरेको थप तीनसय नयाँ स्वास्थ्यकर्मीमा ८ हजारले आवेदन दिएर सेवा गर्ने इच्छा देखाएका हुन् ।

ती दरखास्त दिने स्वास्थ्यकर्मीहरुमा ५ हजार भर्खरै पढाइसकेर हातमा डक्टरी सर्टिफिकेट बोकेका छन् । तर, उनीहरुमा कामको राम्रो अनुभव नभए पनि उनीहरु पहिलो लाइनमा उभिएर बिरामीको उपचार गर्नुपर्ने बताइएको छ ।

इटालीमा अहिलेसम्म ४४ जना डाक्टरसहित ९ हजार १३४ जना भन्दा बढीको मृत्यु र ६ हजार भन्दा बढी डाक्टर सहित ८६ हजार २९८ जना भन्दा बढीमा संक्रमण देखिएको भन्दै दुःख व्यक्त गरेका नेपाली समाज रोम इटालीका अध्यक्ष हरिभक्त कराखेतीले चिकित्सकहरुमा यतिधेरै संक्रमित हुनुको कारण सुरुको अवस्थामा उनीहरुले राम्रो सुरक्षा व्यवस्था नपनाएका कारण रहेको बताएका छन् ।

आँखै अगाडि कर्मथलोमा यति भयावह अवस्था देखेका उनले नेपाल सरकारलाई सजगता र सतर्कता अपनाउन ध्यानाकर्षण गराउँदै  यस मामिलामा नेपाल सरकार कहिकतै चुक्न नहुने सुझाव दिएका छन् ।

सामाजिक संजालमा नेपालका बारेमा चिन्ता मिसाउँदै कराखेतीले लेखेका छन, ‘नेपालको स्वास्थ संगठनका बिभाग र अस्पतालहरुको वास्तविक अवस्था कस्तो होला ? यस्तो संबेदनसील बिषयमा नेपाल सरकारले स्वास्थ बिज्ञहरुको समिति गठन गर्न जरुरी छ । राजनीतिज्ञहरुको थुप्रो लागेको समिति बनाउने हैन स्वास्थ्य कुनै पनि लाभ भन्दा पहिले आउँछ । यसका लागि देशको शक्ति, दिमाग, उत्कृष्टता, डाक्टर र वैज्ञानिकहरू एकैठाउँमा सम्मिलित हुनुपर्दछ । नेपाल सरकारको ध्यानाकर्षण होस् ।’

वि.सं.२०७६ चैत १५ शनिवार १८:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै...

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा...

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२...