back
CTIZAN AD

आफू प्रधानमन्त्री भए ६ काम गरेर देखाउँछु भन्छन्, यी इन्जिनियर

वि.सं.२०७६ चैत १५ शनिवार

684 

shares

१५ चैत्र । Corona Virus : ओम रावतले कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि यदि आफू प्रधानमन्त्री भए यसरी काम गर्दथेँ भनेर स्टाटस लेखेका छन । तपाई स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव वा सरकारमा भएको भए के गर्नु हुन्थ्यो भन्ने प्रश्नको जवाफ दिनु भन्दा यदि प्रधानमन्त्री भएको भए यी काम गर्दथेँ, उनको भनाइ छ ।  उनले आफू प्रधानमन्त्री भए तत्काल गर्ने ६ बुँदा प्रस्ततु गरेका छन् ।

उनी भन्छन् :

तपाई स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव वा सरकारमा भएको भए के गर्नु हुन्थ्यो भन्ने प्रश्नमा मेरो जवाफ ?
‘स्वास्थ्य मन्त्री त म हुँदै हुन्न थें किन भने त्यो मेरो विशेषज्ञता होईन, १० वर्ष अघि रिटायर हुने मान्छे परियो सचिब हुने कुरै भएन तर प्रधानमन्त्री भएको भए म निम्न काम कुरा गर्थे :

१) सबभन्दा पहिला भगवान कोइराला (वा वहां जत्तिकै पब्लिक रेटिङ भएको अरु कुनै स्वास्थ्य विशेषज्ञ) को अध्यक्षतामा ‘राष्ट्रीय स्वास्थ विपद ब्यवस्थापन समिति’ गठन गर्थें जसमा सुरक्षा प्रमुख, माइक्रोबायोलोजिस्ट, जेनेराल फिजिसियन, एपिडोमोलोजिस्ट, पल्मोनोलोगिस्ट, बरिष्ठ अर्थशास्त्री, गृह र परराष्ट्र्र सचीब र एक जना बरीष्ट कानूनविदलाई सदस्यमा राख्थें।

२) १ महिना भन्दा पहिले देखि देशभित्र आएका सबैको पर्सोनल डिटेल तयार पारेर उनीहरुलाई ट्र्याकिङ् गरेर सबैको टेस्ट गर्थें, १४ दिन न पुगेकालाई क्वारेन्टाइनमा राख्थें, पोजिटिभ आएकाको सम्पर्क ट्रेस गरेर सबैको टेस्ट गर्थें, १४ दिन नाघेका नेगेटिभहरुलाई घरमा आराम गरेर बस्नु भनेर पठाउथें।

३) ‘राष्ट्रीय स्वास्थ विपद ब्यवस्थापन समिति’को मूल दायित्वको रुपमा बिपद् ब्यवस्थापनको निमित्र आवश्यक पर्ने सामग्री (पी.पी.ए. आदि), औषधी र जनशक्तीको अनुमानीत परिमाण, बजेट ईस्टमेट गरेर कसरी छिटो भन्दा छिटो प्रोक्योर गर्ने भन्ने निर्यण गर्थें, के कुरामा विदेशी सहयोगको जरुरत पर्छ भन्ने निधो गरेर यथाशिघ्र ब्यवस्थापन गर्थें र प्रदेशहरुमा बितरण गर्ने थिएं।

४) ईलाका तोकेर सबै आबश्यक सामग्री पुग्ने गरी ईलाका लकडाउन गर्ने र रेस्टोरेन्ट, होटेल, जीम, बार, पार्टी प्यालेस, स्कूल, कलेज, सिनेमा हल बन्द गराउंथें ।

५) हरेक जिल्लामा तालीम प्राप्त जनशक्ती, पी.पी.ई, टेस्ट कीट यथेष्ट मात्रामा पुर्याएर जिल्ला टेस्ट सेन्टर स्थापना गरी सबै शंकास्पदहरुको  (Both symptomatic and asymptomatic) को अनिवार्य टेस्ट गराउंथें।

५) हरेक दिन ७ बजे बेलुका राष्ट्रीय स्वास्थ विपद ब्यवस्थापन समिति को अध्यक्ष, सातै प्रदेशका मु।म। सहितको टोली राखेर दिनभरिको स्थिति टेस्ट कति गरियो, कति पोजिटिभ भेटियो, ब्यबस्थापन के गरिएको छ र सबैसंग फीडब्याक लिएर अगाडी के गर्ने भनेर आफैं जनता सामु टी.भी. रिपोर्टिङ गर्थें।

६) आबश्यकता अनुसार छिटो छरितो निर्णय गरेर गर्न सकिने सबै कुरा दिलोज्यानले गर्दै जान्थे ।

(रावत नेपाल सरकारमा सिनियर इन्जिनियर भइ काम गरेका व्यक्ति हुन् ।)

वि.सं.२०७६ चैत १५ शनिवार १८:५१ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...