
भारत अहिले पनि कोभिड १९ को प्रथम चरणमै देखिएको छ । इटलीको जस्तो अवस्था आयो भने भारतमा कोरोनाबाट मर्नेहरूको संख्या बढी होला या भोकले मर्नेहरूको संख्या बढी होला भनेर अहिलै भन्न सकिन्न। यसो भन्नुको अर्थ के हो भने तीसौं करोड भारतीयहरू ज्यालादारी मजदूरी गर्छन र उनीहरूसँग थप नकमाउँने हो भने बढीमा केही दिन खानको लागि मात्र रसद पानी या रुपैया हुन्छ। कहर बढ्दै गयो भने ती कोरोना भन्दा पहिलै भोकले मर्ने छन।
भारतीय सरकारको आकस्मिक लकडाउनले कम्तिमा पाँच करोड भारतीय श्रमिकहरूलाई विपत्तिको मुखमा धकेलिदियो। कमसेकम तीन दिनको समय दिएर लकडाउन गरिएको भए अहिलेको जस्तो भयावह भागदौड मच्चिने थिएन । दैनिक ज्यालादारीमा काम गर्ने बिहार तथा उत्तर प्रदेशका मजदूरहरू लकडाउन पछि एक्कासी खोसिएको रोजीरोटीबाट विवस भएर हजारौं किलोमिटरको बाटो भोकै तिर्खै पैदल हिडेर आफ्नो घरतिर फर्कदै छन् । अलग अलग बाटो भएर आफ्नो घर फर्कदै गर्ने भारतीय श्रमिकहरूको संख्या लगभग तीन करोड होला भनेर अनुमान गरिएको छ। बस तथा रेलबाट घर फर्कदै गरेकाहरू जुन समय लकडाउन सुरु भयो त्यो समय जुन स्टेशनमा पुगेका थिए त्यही स्थानमा अलपत्र परेका छन्। लकडाउनको (बीरतापूर्ण) घोषणा गरेर गदगद भएका भारतीय प्रमलाई त्यसले पर्ने तात्कालिन प्रभाव वारे सोच्ने फूर्सद भएन । अहिले आजसम्मको जानकारी अनुसार पादल हिडिरहेका १७ जना मजदूरहरू गाडीले किचेर तथा भोकले छटपटाएर बाटैमा मरिसकेका छन्। राजधानी दिल्लीमा मुख्यमन्त्री केजरीवालले खानपीनको केही व्यवस्था गरेर नागरिकहरूलाई आस्वस्थ पार्ने कोशिस गरिरहेका छन । तर लाखौंको संख्यामा जम्मा भएका मानिसहरू शासकको आश्वासनबाट विश्वस्त हुन सकिरहेका छैनन।
संसारकै दोग्ला शासकहरूको सूची बनाउँने हो भने अमेरिकी शासक डोनाल्ड ट्रम्प पछि दोश्रो नम्वरमा संभवतस् मोदी आउलान । उनले आफ्नो मन्त्री मण्डलमा पनि बिगतमा कुनै न कुनै अपराध गरेर कुख्याती कमाएकाहरू नै जम्मा गरेका छन् ।
भारत अहिले पनि कोभिड १९ को प्रथम चरणमै देखिएको छ । इटलीको जस्तो अवस्था आयो भने भारतमा कोरोनाबाट मर्नेहरूको संख्या बढी होला या भोकले मर्नेहरूको संख्या बढी होला भनेर अहिलै भन्न सकिन्न। यसो भन्नुको अर्थ के हो भने तीसौं करोड भारतीयहरू ज्यालादारी मजदूरी गर्छन र उनीहरूसँग थप नकमाउँने हो भने बढीमा केही दिन खानको लागि मात्र रसद पानी या रुपैया हुन्छ। कहर बढ्दै गयो भने ती कोरोना भन्दा पहिलै भोकले मर्ने छन।
देशमा सरकार भन्ने कुनै जिनिस पनि छ भन्ने देखाउन भारतीय सरकारले राहतका केही तुच्छ घोषणाहरू गरेको छ । तर त्यो घोषणाले कसैलाई खास प्रभाव परिरहेको छैन । किन भने एक त त्यो राहतको रकम हात्तीको मुखमा जिरा जस्तो छ भनै दोश्रो त्यो रकम सरकारी ढिलासुस्ती, भ्रष्टाचार तथा पक्षपातको कारणले लक्षित समूहसम्म एकदम कम पुग्ने वाला छ। जनताले यो संकटमा आफ्नै तरिकाले मात्रै थप बाँच्न सकिएला भन्ने मानेरै भोकै प्यासै लामो लामो यात्रा गरिरहेका छन् ।
एता हाम्रो देशको कुरा गर्दा हाम्रा प्रम आफै बिरामी छन्। बिरामीलाई धेरै आलोचना गर्नु मनासिव पनि हुदैन। बिरामी हुनु उनको छनौट पनि होइन। तर उनको खत्तम बानी चै के हो भने आखिरी प्राणसम्म या कानूनले तोकेको अन्तिम दिनसम्म पनि उनी कुर्सी छोड्न चाहदैनन। उनलाई सरकार नाथे गफै गरेर पनि चल्छ भन्ने परेको छ । अहिलेको जस्तो विश्व स्वास्थ्य युध्दको समयमा आफै बिरामीले थला परेको मान्छेले नेतृत्व गर्न सुरिनु सही छैन भन्ने ज्ञान उनमा छैन।
दोश्रो विभागीय मन्त्रीले भर्खरै पिपिई भनेको के हो भनेर बुझेका छन। अव कति दिन पछि किट भेन्टिलेटर र आवस्यक एण्टी भाइरल औषधीहरू बारे बुझ्लान । उनी इमान्दार छन भन्ने भनाइ पनि आएको छ। त्यो कुरा अलि अलि हो जस्तै पनि लागेको छ।किन भने चलाक र धूर्त भएका भए पिपीई भनेको के हो भनेर भर्खरै चाल पाएँ भनेर आफ्नो अज्ञानता उदाङ्गो पार्ने थिएनन्। त्यस हिसावले त उनी सोझा नै रैछन। तर हामीलाई अहिले चाहिएको घिऊ लाटो मन्त्री होइन र थिएन। अव ती घिऊलाटालाई पनि म कमसेकम यो विभागको लागि असक्षम भएँ भन्ने दिव्य ज्ञान पैदा भएको छैन र उनलाई जसले मन्त्री नियुक्त गर्यो उनलाई त आफ्नो गोजीको भनेपछी खोटा सिक्का पनि नयाँ लाग्छ ।
अव्यवस्था र हाहाकारका हिसाबले नेपालको स्थिति भारतको जति विकराल देखिएको छैन। यहाँको जनसंख्या, भौगोलिक आकार र सहरमा हुने केन्द्रीकरणको अवस्था आदि भिन्नताहरूले भारतमा देखिए जस्तो भयावह भद्रगोल यहाँ देखिएको छैन । तर हाम्रो देशमा पनि परिस्थिति गम्भीर बन्दै जादा तथा समय लम्विदै जाँदा विकराल समस्या निम्तिन सक्छ। किनकि हाम्रो देशको गफाडी सरकार सामान्य राहत प्याकेज घोषणा गर्न पनि खुट्टा कँपाएर बसेको छ ।
वि.सं.२०७६ चैत १६ आइतवार १०:१० मा प्रकाशित