back

आज सोमवार, शिव भगवानको दर्शन गरेर हेर्नुहोस् आफ्नो राशिफल

वि.सं.२०७६ चैत १७ सोमवार

450 

shares
GLOBAL IME AD
NTC AD

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो,
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विगतका कमीकमजोरीमा सुधार आउनेछ । प्रयत्न गरेको काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । दिगो काम थालनी हुन सक्छ । पढाइमा पनि प्रगति हुनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । विगतका कमजोरीमा सुधार आउनेछ । लगनशीलताले लाभ दिलाउन सक्छ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ । शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ । तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । व्यापारले फाइदा दिनेछ । तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । परिश्रम अनुसार राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

२०७६ चैत १७ सोमवार २०२० मार्च ३०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (चैत १६ गते) को राशिफल, यी राशिकाले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला

वि.सं.२०७६ चैत १७ सोमवार ०८:३१ मा प्रकाशित

सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको कटुवाल दहबाट...