back
CTIZAN AD

कोरोना नियन्त्रण कोषमा १ अर्ब बढी संकलन

वि.सं.२०७६ चैत २१ शुक्रवार

801 

shares

२१ चैत्र, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा बिहिबारसम्म एक अर्बभन्दा बढी रकम संकलन भएकको छ । यस अघि सरकारले ५० करोड रुपैयांको कोरोना नियन्त्रण कोषको स्थापन गरेको थियो ।

“नेपाल आयल निगमले मात्र ५० कारोड रुपैयाँ हालेको छ

बिहिबार मात्र उक्त कोषमा सबैभन्दा धेरै नेपाल आयल निगमले मात्र ५० कारोड रुपैयाँ हालेको छ भने कर्मचारि संचय कोषले तीन करोड हालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले तीन करोड ५१ लाख, नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड, दुरसँचार प्रधिकरणले १ करोड ५० लाख, नागरिक लगानी कोषले २ करोड, प्रभु बैंक लिमिटेडले १ करोड १ लाख, सिटिजन्स बैंकले १ लाख एनएमबी बैंकले १ करोड ५१ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड लगायतको रकम जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

त्यस्तै नेपनल पुनर्बीमा कम्पनी लिमिटेडले १ करोड १ लाख ११ हजारु १ सय ११, बिश्वम्भर द्धिमिरेले १ लाख, मीना, माधब कुमार बस्नेतले ५० हजार, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ३५ लाख, नेपाल फ्रेइड फर्वड एसोसिएसनले ७ लाख ६ हजार १ सय १, अन्य नाम नखुलेका ब्यक्ति तथा संस्थाहरुको तर्फबाट २ लाख ८२ हजार ९ सय १२ रुपैयाँ संकलन भई कूल १ अर्ब नौ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैंयाँ जम्मा भएको छ । यो बिहिबार सम्म जम्मा भएको कूल रकम हो । बुधबारसम्म कोषमा २४ करोड ७३ लाख ७२ हजार ४ सय ६१ रुपैंया जम्मा भएको थियो ।

“प्राइम बैंकले १ करोड ७५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

कोषमा बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुले रकम जम्मा गर्नेक्रम जारी छ । बिहिबारसम्म २२ वटा वाणिज्य बैंकले २५ करोड रुपैयाँभन्दा बढी सहयोगको घोषणा गरिसकेका छन् । सहयोग घोषणा गर्ने बैंकमध्ये अहिलेसम्म सबैभन्दा धेरै प्राइम बैंकले १ करोड ७५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । दोस्रोमा सानिमा बैंकले १ करोड ६८ लाख रुपैयाँ सहयोग गरेको छ ।

वि.सं.२०७६ चैत २१ शुक्रवार १६:१३ मा प्रकाशित

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...