back
CTIZAN AD

खाँडो जाग्यो !

वि.सं.२०७६ चैत २१ शुक्रवार

834 

shares

भागे सोझा र इमान्दारहरू भित्तातिर भागे !
जागे सत्ताको तर मारेका अरिङ्गालहरू जागे !
सत्य कुरा बोल्नेलाई गोलै खनिएर आइलागे !
हुनु हुनामी के के हुन्छ त्यो हेर्दै जाऊँ आगे!

जागे जागे जागे !
बालुवाटारको बालुवा बेच्नेहरू जागे
वाइड बडीको रकम हसुर्नेहरू जागे
टोपीधारी बडा महाराजहरू जागे
गणतन्त्रका नवयुवराजहरू जागे
धन देखेपछि महादेवका तीनै नेत्र जागे
कात्रो टिलो बुर्की र दाउरामा पनि जागे
महङ्गीको मार जाग्यो
आक्रोस र दिक्दार जाग्यो
भ्रष्टाचारको घिन जाग्यो
थाप्लामाथिको ऋण जाग्यो
सोझा निमुखा भोकाहरूको ढाडमा
अत्याचारको लाठ्ठी लाग्यो
भ्रष्ट शिरोमणी, दन्तबझानका पण्डित
उखान टुक्का सम्राट
र कमिशनका किराहरूको को खाँडो जाग्यो
ठ्याक्क !  ठ्याक्क!! ठ्याक्क !!!

कोरोनाले कहर जमायो
महङ्गीले घाँटी समायो
ठगहरू र तस्करहरूको दशैं आयो
मजदूर किसान र सुकुम्बासीको बसैं आयो
मन्त्री र सांसदहरू ढोका थुनेर सुते
जनताले चुनेकाहरू बने गोरूमुते
लकडाउनले शासन चलाएको छ
भ्रष्टाचारले पैसा फलाएको छ
कम्युनिष्टको नाम बेचेर
पूँजीपतिका दलालको राज फैलन लाग्यो
टोपीधारी बडामहाराज र
गणतन्त्रका युवराजहरूको खाँडो जाग्यो !

ऐसा ऐसा पल्टन चले-
तस्कर दल चले, लस्कर दल चले
भ्रष्ट दल चले, कमिशन दल चले
ठेकेदार दल ,माफिया दल
हिनामिना दल चले !
बछ्युँ दल चले, बारुला दल चले
सवैभन्दा अघि अघि अरिङ्गाल दल चले
चोरसँग मिल्दै चले
जनतालाई चिल्दै चले
जनताको रगत पसिनामा
जाली फटाहाको औसर जाग्यो
झण्डा हल्लाउँदै
डण्डा वर्षाउँदै
नक्कली समाजवादको खाँडो जाग्यो !
जाग्यो जाग्यो जाग्यो
नव-प्रतिकृयावादको खाँडो जाग्यो !

वि.सं.२०७६ चैत २१ शुक्रवार १६:१६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...