back
CTIZAN AD

काङ्ग्रेसबाट निर्वाचित देशकै कान्छा वडाध्यक्ष रावलको प्रशंसनीय कार्य

वि.सं.२०७६ चैत २३ आइतवार

1.1K 

shares

२३ चैत, बाजुरा । बडिमालिका नगरपालिका अन्तर्गत वडा नं. ८ बाजुराका वडाध्यक्ष युवानेता प्रकाश रावलले प्रसंसनिय कार्य गरेका छन् ।
अध्यक्ष रावलले वडा नं ८ को सहयोग र व्यक्तिगत लगानीमा वडाभित्र रहेका ५०० भन्दाबढी घरधुरीलाई स्वास्थ्य सामग्री लगायत २ लाखभन्दा बढीको खाद्यान्न राहत वितरण गरेका छन् ।

विश्व कोरोनाको संक्रमणबाट त्रसित र जनजीवन निकै कष्टकर र संकटमा गुज्रिरहदा नेपाल पनि उच्च जोखिमसङ्गै चारजना संक्रमितबाट बढेर ७ जना पुग्दा नेपाल सरकारले फेरि ७ दिन थप लकडाउन थपेको थियो । लकडाउन पछि बाजुरा बडिमालिका नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रावलले आफ्नो वडाभित्र कुनैपनि संकट आइनलागोस् भन्ने ध्येयका साथ वडामा रहेका प्रत्येक ५ सयभन्दा बढी घरधुरीलाई स्वास्थ्य सरसफाइका सामग्रीहरू साबुन, हजार थानभन्दा बढी मास्कहरू लगायत खाद्यान्न संकट नहोस् भनेर पारिवारिक अवस्था र सदस्य सङ्ख्याका आधारमा ५ केजीदेखि २५ केजी चामल,१–१ केजी नुन स्वयंको सक्रियतामा वडाको सहयोग र वडाको बजेटले अपुग भएपछि आफ्नै व्यक्तिगत लगानीमा घरघरमा पुगेरै राहत वितरण गरेका हुन् ।

रावल स्थानिय चुनावमा २२ बर्षकै उमेरमा नेपाली काङ्ग्रेसबाट देशकै कान्छा वडाध्यक्षका रुपमा बिजयी भएका थिए । उनी कुनै सम्पन्न धनी परिवारमा जन्मेका व्यक्ति भने हैनन् । उनी सधै आफूलाई जनताको सेवामा समर्पित र जनहकहितका निमित्त लडिरहने जनप्रिय जननिर्वाचित युवानेता हुन् ।

वडाध्यक्षमा निर्वाचित पश्चात् वडाकै पहलमा वडाभित्रका प्रत्येक घरघरमा खानेपानीसहित धाराको व्यवस्था र सडक पहुँचमा र्पुयाउनुका साथै रावलले कुनै पनि पार्टीगत नाताभन्दा पर रहेर वडामा सबैलाई एकसमान न्याय र उचित अवसर दिलाउनमा निकै सक्रियता जनाउदै आएका छन् ।

बाजुरा जिल्लामा कुनै नेता र कार्यकर्ताले कोरोनाको विषयमा बोल्न समेत नसकिरहेको अवस्था र नगरपालिका, जिल्ला र केन्द्रले कुनै कदम नचाल्दा वडा अध्यक्ष रावलले रातदिन नभनेर वडामा कहिले सरसफाइ सामाग्री त कहिले विभिन्न राहत वितरण गरेर माथिल्लो तहको मुख ताकेर बस्ने परिपाटीको अन्त्य गरेका छन् ।

पछिल्लो समय यसरी विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड–१९ को बारेमा रावल आफ्नो वडाको लागि निकै चिन्तित र चनाखो देखिएका छन् र आफ्नो क्षमताले भ्याएसम्म जनसेवामा लागिरहने आवश्यकता परे थप राहत वितरणमा कुनै कमि हुने छैन् भनि प्रतिबद्धता समेत जनाएका छन् ।

वि.सं.२०७६ चैत २३ आइतवार २०:०० मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...