back

सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन

वि.सं.२०७६ चैत २५ मंगलवार

678 

shares
IME Limited
NTC AD

श्याम थापा, २५ चैत, सुस्ता । नेपालसँग सीमा जोडिएको भारतको महाराजगञ्ज जिल्लामा पनि कोरोना संक्रमणका बिरामीहरु देखा परेपछि उक्त जोखिमलाई न्युनिकरणका लागि पश्चिम नवलपरासीको भारतसंग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको माहाराजगञ्ज पश्चिम नवलपरासी जिल्ला सिमानासंग जोडिएको जिल्ला हो र उक्त जिल्ला हुदै भारतबाट लुकी छिपी भारतीय नागरिकहरु, भारतबाट कमाएर घर फिर्ता हुने नेपाली नागरिकहरुको बढढो आवतजावतको हुने र सिमाको छेउ छाउँमा बसेका नेपाली र भारतिय नागरिकहरुले खाधान्न सामग्रीहरु नेपाल भारत कारोबार हुने जनगुनासो बढेपछि सिमामा सुरक्षाकर्मी तैनाथ गरेर आवातजावत मात्र नभइ सामग्री समेत ल्याउन नपाउने गरी पूर्णरुपमा रोक लगाएको हो ।

जिल्लाको मुल नाकाहरु महेशपुर भन्सार, भुजहवा, झुल्निपुर, गुठिप्रसौनी, पकलिहवा र सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढेको हो । भारतबाट ब्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सामग्रीबाट कोविद १९ कोरोना भाइरसको संक्रमण नेपालमा सर्ने र एक किसिमको माहामारी रुप लिन सक्ने उच्च जोखिम हुन सक्ने संभावनालाई न्युनिकरण गर्न लागी शसस्त्र प्रहरी र नेपाल प्रहरी चौबिसै घण्टाको लागि १ सय मिटरको फरकमा करिब १ किलो मिटरको दुरीमा शसस्त्र प्रहरीको अस्थाई पोष्ट राखी सुरक्षाकर्मी परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपती भरत खनियाले जानकारी दिएका छन् ।

त्यस्तै सुस्ता क्षेत्रमा नारायणी नदी भएको कारणले मानिसहरु र खाधान्न सामग्रीहरु डुङ्गाको माध्यमबाट नारायणी नदि पार गरि नेपाल प्रवेश गर्ने जनगुनासो र बढढो चुनौतीको बिषय बन्न थालेपछि नारायणी नदी लगायत सुस्ताका मुख्य मुख्य नाकाहरुमा ३ वटा सशस्त्र प्रहरीको अस्थाइ पोष्ट राखेर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको र केही स्थानिय तस्करहरुले नेपाल भारत सामग्री ओसारपोसार गर्ने बाटोहरुमै अस्थाई पोष्ट राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए । उनका अनुसार सीमा क्षेत्रमा बस्ने केही स्थानिय तस्करहरुले रातीको समयमा भारतबाट सरसमान खरिद गरेर खेत र आलीको बाटो प्रयोग गरि नेपाल प्रबेश गराएको खाधान्न सामग्री र किराना सामग्रीलाई खानतलास गरि इलाका प्रहरी कार्यालय बेलाटारी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको सक्रियतामा करिब ५० हजार बराबर रकमको गएराती सुस्ता ५ पकलिहवाबाट बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताए ।

यसरी नाकामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएपछि केही स्थानिय तस्करहरुको दिन भनि गएको छ भने स्थानियबासीहरुमा सुरक्षाको अनुभुत गर्दै खुशी पनि ब्यक्त गरिरहेका छन् ।

वि.सं.२०७६ चैत २५ मंगलवार १९:३८ मा प्रकाशित

ल्हेन्दे खोलाको भीषण बढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

ल्हेन्दे खोलाको भीषण बढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...