back
CTIZAN AD

सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन

वि.सं.२०७६ चैत २५ मंगलवार

936 

shares

श्याम थापा, २५ चैत, सुस्ता । नेपालसँग सीमा जोडिएको भारतको महाराजगञ्ज जिल्लामा पनि कोरोना संक्रमणका बिरामीहरु देखा परेपछि उक्त जोखिमलाई न्युनिकरणका लागि पश्चिम नवलपरासीको भारतसंग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको माहाराजगञ्ज पश्चिम नवलपरासी जिल्ला सिमानासंग जोडिएको जिल्ला हो र उक्त जिल्ला हुदै भारतबाट लुकी छिपी भारतीय नागरिकहरु, भारतबाट कमाएर घर फिर्ता हुने नेपाली नागरिकहरुको बढढो आवतजावतको हुने र सिमाको छेउ छाउँमा बसेका नेपाली र भारतिय नागरिकहरुले खाधान्न सामग्रीहरु नेपाल भारत कारोबार हुने जनगुनासो बढेपछि सिमामा सुरक्षाकर्मी तैनाथ गरेर आवातजावत मात्र नभइ सामग्री समेत ल्याउन नपाउने गरी पूर्णरुपमा रोक लगाएको हो ।

जिल्लाको मुल नाकाहरु महेशपुर भन्सार, भुजहवा, झुल्निपुर, गुठिप्रसौनी, पकलिहवा र सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढेको हो । भारतबाट ब्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सामग्रीबाट कोविद १९ कोरोना भाइरसको संक्रमण नेपालमा सर्ने र एक किसिमको माहामारी रुप लिन सक्ने उच्च जोखिम हुन सक्ने संभावनालाई न्युनिकरण गर्न लागी शसस्त्र प्रहरी र नेपाल प्रहरी चौबिसै घण्टाको लागि १ सय मिटरको फरकमा करिब १ किलो मिटरको दुरीमा शसस्त्र प्रहरीको अस्थाई पोष्ट राखी सुरक्षाकर्मी परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपती भरत खनियाले जानकारी दिएका छन् ।

त्यस्तै सुस्ता क्षेत्रमा नारायणी नदी भएको कारणले मानिसहरु र खाधान्न सामग्रीहरु डुङ्गाको माध्यमबाट नारायणी नदि पार गरि नेपाल प्रवेश गर्ने जनगुनासो र बढढो चुनौतीको बिषय बन्न थालेपछि नारायणी नदी लगायत सुस्ताका मुख्य मुख्य नाकाहरुमा ३ वटा सशस्त्र प्रहरीको अस्थाइ पोष्ट राखेर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको र केही स्थानिय तस्करहरुले नेपाल भारत सामग्री ओसारपोसार गर्ने बाटोहरुमै अस्थाई पोष्ट राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए । उनका अनुसार सीमा क्षेत्रमा बस्ने केही स्थानिय तस्करहरुले रातीको समयमा भारतबाट सरसमान खरिद गरेर खेत र आलीको बाटो प्रयोग गरि नेपाल प्रबेश गराएको खाधान्न सामग्री र किराना सामग्रीलाई खानतलास गरि इलाका प्रहरी कार्यालय बेलाटारी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको सक्रियतामा करिब ५० हजार बराबर रकमको गएराती सुस्ता ५ पकलिहवाबाट बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताए ।

यसरी नाकामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएपछि केही स्थानिय तस्करहरुको दिन भनि गएको छ भने स्थानियबासीहरुमा सुरक्षाको अनुभुत गर्दै खुशी पनि ब्यक्त गरिरहेका छन् ।

वि.सं.२०७६ चैत २५ मंगलवार १९:३८ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...