back
CTIZAN AD

मजदुरी गर्दै आएका परिवारलाई एनटीएको राहत

वि.सं.२०७६ चैत २५ मंगलवार

798 

shares

चैत २५, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड¬ १९) का कारण प्रत्यक्ष मारमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका १० परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत स्वरुप खाद्य सामाग्री मंगलबार प्रदान गरेको छ ।
कागेश्वरी नगरपालिका वडा ४ स्थित डाँछीका मजदुरका परिवारलाई राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रदान गरिएको राहतमा चामल, तेल, नुन, दाल र चिनी रहेका छन् । एक परिवारलाई २ हजार १ सय रुपैयाँ बराबरीको राहत सामाग्री दिइएको हो ।

सोमबार एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासंगै रहेको सुकुमवासी बस्तीका १० घरका परिवारलाई सोही अनुसारको राहत वितरण गरेको थियो ।

राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् । २०७२ सालको महाभुकम्पमा पनि एनटीएले भुकम्प पीडितहरुलाई राहत वितरण गरी सहयोग गरेको थियो ।

वि.सं.२०७६ चैत २५ मंगलवार १९:३८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...