back
CTIZAN AD

पर्वत समाज स्पेनद्वारा ७ पर्वतेलीलाई राहत वितरण

वि.सं.२०७६ चैत २५ मंगलवार

768 

shares

७ अप्रिल, बार्सिलोना । पर्वत समाज स्पेनले पर्वत जिल्ला घर भई हाल स्पेन बस्ने ७ जना पर्वतेतेलिलाई राहत वितरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाका कारण हातमुख जोर्न गाह्रो भएपछि समाजले राहत वितरणको काम शुरु गरेको समाजका संरक्षक तथा निबर्तमान अध्यक्ष ओमर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार स्पेनमा बैधानिक तथा अबैधानिक रुपमा बसेका पर्बतेली घरपरिवारलाई कोरोनाका कारण हातमुख जोड्न गार्हो हुने भएकोले राहत वितरण गरिन थालिएको हो । हाल स्पेनमा २ सय नेपाली सम्पर्कमा रहेको जानकारी दिँदै उनले सम्पर्क नभएका पर्वतेलीहरु पनि धेरै रहेको बताए ।

समाजका सचिब सुन्दर गुरुङको तर्फबाट ४ जना, समाजका संरक्षक तथा निबर्तमान अध्यक्ष ओमर गुरुङको तर्फबाट २ जना र सल्लाहकार गंगा भुषालको तर्फ बाट १ जना गरि अहिले सम्म ७ जनालाई राहत वितरण गरिएको बताइएको छ ।

राहत वितरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोही अनुसार लाभग्रही छनोट गरी स्पेनमा रहेका पर्बतेलिहरुलाई राहत वितरण सुरु गरिएको समाजका अध्यक्ष दिनेश राज रेग्मीले जानकारी दिए ।

उनका अनुसार भर्खर स्पेन आएका, कुनैपनि आयको स्रोत नभएका, अबैधानिक रही दैनिक ज्याला मजदुरी गरी जीवनयापन गरेका व्यक्तिलाई लाभग्राहीको रुपमा छनोट गरिएको छ । राहत प्याकेजमा १० किलो चामल, ४ किलो दाल, तेल २ लिटर, दुध ६ लिटर, चिनी एक किलो, जुस ४ लिटर, ट्वाइलेट पेपर १ दर्जन, नुन एक किलो, आलु ३ किलो, अण्डा २ दर्जन, पास्ता २ किलो, कुखुराको मासु ३ किलो, भेज फ्रोजन (गिसान्ते १ आधा किलो, स्पिनाकास आधा किलो, खुदिया आधा किलो, मिक्स भेज आधा किलो) रहेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न स्पेन सरकारले देशभर लकडाउन गरेपछि अबैधानिक रुपमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुको अवस्था जटिल बनेको छ ।

अध्यक्ष रेग्मीले हाल विश्व समुदायमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीको अवस्थामा सबैले सचेतना र संयमता अपनाउनु पर्ने बताएका छन् । ‘स्पेन सरकार द्वारा आम जनताको स्वास्थ्यको हितका लागि एक महिना लामो Estado De Alarma को घोषणा गरेको यो समयावधिमा हामीले अपनाउनु पर्ने कुरा भनेको स्वस्थ सम्बन्धि सावधानि र घर भित्र बस्ने उपाय मात्रै भएको’ भन्दै उनले यो आपतकालिन समयाबधिलाई पार गर्न हामी सबैले खानेकुरा तथा अत्याबश्यक बस्तुहरुको ब्यवस्थापनलाई ध्यान दिन आग्रह गरेका छन् । यस विषम अबस्थामा हामि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले एक आपसमा पर्न जाने अफ़्ठारोमा हातेमालो गर्दै समस्याहरुको समाधान गर्नुको कुनै विकल्प नरहेको बताउँदै उनले ‘आँफु बाँचौ–अरुलाई पनि बचाऔं, आँफु सजक रहौँ– अरुलाई पनि सजक राखौं यहि मन्त्र र मर्मलाई आत्मसाथ गर्न पनि उनले हार्दिक अनुरोध गरेका छन् ।

वि.सं.२०७६ चैत २५ मंगलवार १९:१४ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...