मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । शत्रुहरू पनि किनारा लाग्नेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ ।
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन ्। पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ । तापनि, शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधन जुट्नाले दिगो फाइदा हुनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। प्रयत्न गर्दा दैनिकीमा परिवर्तन आउनेछ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, ट
आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ । तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आयस्रोत अलि कमजोर हुनाले नयाँ काम सुरुवात गर्न समय लाग्नेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बिछोडिएका आफन्तसँग भेटघाट होला । कामको सफलताले हौसला जगाउनेछ । अरूका कमजोरीबाट फाइदा उठाउने समय छ । विभिन्न अवसरले पछ्याए पनि विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ । तर्क र कूटनीतिले अवसर दिलाए पनि आत्मसम्मान जोगाउन सजग रहनुपर्ला ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । सोचेको नतिजा तत्काल प्राप्त नभए पनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा पछिका लागि काम सहज बन्न सक्छ ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । तर केही काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि आंशिक लाभ हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । सोखले खर्च बढाउने हुँदा रकम जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ । व्यापारमा पनि फाइदै हुनेछ । कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरू उपस्थित नहुन सक्छन् । गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला । काम पूर्ण नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।
चैत २६ बुधवार (अप्रिल ८)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७६ चैत २६ बुधवार ०८:०४ मा प्रकाशित




























