back
CTIZAN AD

गुल्मेली समाजले मण्डलमा गर्यो धर्ना

वि.सं.२०७३ पुस ४ सोमवार

1.1K 

shares

४ पुस,काठमाडौँ  । गुल्मेली समाजले प्रदेश नं ५ बाट पहाडी र तराई–मधेसका जिल्ला अलग गर्न नहुने माग गर्दै माइतीघर मण्डलमा आज धर्ना दिएको छ ।

लुम्बिनी अञ्चलका विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणले राष्ट्रिय झन्डामुनि गोलबद्ध भई विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा सहभागी वक्ताले त्यस क्षेत्रमा तराई र पहाडलाई एकापसमा छुट्याउन नहुने माग गर्नुभयो ।

सांसद चन्द्र भण्डारीले सदियौँदेखि मिलेर बसेका त्यस क्षेत्रका जनतालाई भौगोलिक रुपमा विभाजन गरी भावनात्मक रुपमा कमजोर बनाउन खोजिएको भनी चिन्ता व्यक्त गर्दै सबै जनता एकजुट भई त्यस्तो प्रस्तावलाई विफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य आरसी न्यौपानेले राष्ट्रलाई विखण्डन गर्ने कुरामा स्थानीय नेता राजनीतिक दलभन्दा माथि उठेर एकजुट भई मोर्चाबन्दी गर्नुपर्ने बताउनुभयो ।

स्थानीय नेता गोकर्ण बन्जाडे, मोती भण्डारी, लेखनाथ पोखरेल, विष्णु सापकोटालगायतले संविधान संशोधनको प्रस्तावमा विवाद नै नभएको ५ नं प्रदेशलाई टुक्र्याउन खोजिएकाले सो विषय सच्याउन माग गर्नुभयो । समाजका महासचिव टङ्क पन्तले सरकारले सो प्रस्ताव नसच्याइएमा आन्दोलनलाई निरन्तरता दिइने बताउँदै दबाबका लागि थप सशक्त कार्यक्रम गरिने जानकारी गराउनुभयो । रासस

वि.सं.२०७३ पुस ४ सोमवार १३:१६ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...