back
CTIZAN AD

साउदी शाही परिवारका १५० भन्दा बढीमा कोरोना !

वि.सं.२०७६ चैत २८ शुक्रवार

846 

shares

२८ चैत्र, काठमाडौं । कोरोना भाईरस (कोभिड १९) बाट साउदी अरबको शाही परिवारका १५० जना भन्दा संक्रमित भएका छन् ।

अल जजीरा तथा न्युयोर्क पोष्टले दिएको जानकारी अनुसार साउदी राजपरिवारका १५० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यसले राजपरिवारमा त्रास सिर्जना गरेको बताइएको छ ।

साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमानलाई जेद्धा शहरमा क्वारिन्टाइनमा राखिएको छ भने ३४ वर्षीय राजकुमार मोहम्मद बिन सलमान र उनका मन्त्रीहरुलाई पनि लाल सागर किनारमा तयार पारिएको क्वारेन्टिनमा राखिएको छ ।

राजा सलमानका भतिजा प्रिन्स फैसल बिन बन्दर बिन अब्दुलाजीज अल सउद गम्भीर अवस्थामा उपचार भैरहेको जनाइएको छ । उनी ७० वर्षको रहेको र रियादको रियादको गभर्नर समेत हुन् ।

युरोप यात्राको क्रममा साउदी राजकुमारहरूमार्फत उक्त रोग सल्केको अनुमान गरिएको छ । संचारमाध्यमका अनुसार बिहीबार यमनमा युद्धविराम घोषणा गर्ने निर्णयले स्वास्थ्य विपत्तिमा सकरात्मक भूमिका खेल्ने विश्वास साउदी सरकारले लिएको छ । साउदी सरकारले बिहिबारदेखि लागू हुने गरी यमनले जस्तै दुई हप्ताका लागि लकडाउन घोषणा गरेको छ ।

राजपरिवारको उपचारमा किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु संलग्न भएको बताइएको छ । राजपरिवार, उनीहरुका नजिकका मानिसहरू र उच्च व्यक्तित्वहरुका लागि ५०० वेडको विशेष अस्पताल तयारी अवस्थामा राखिएको जनाइएको छ ।

आउँदो केही हप्ता साउदीका लागि कठिन हुने अध्ययनको पूर्वानुमान रहेको बताइएको छ । साउदी प्रेस एजेन्सीले आउँदो हप्ता संक्रमणको संख्या कम्तिमा १०,००० देखि अधिकतम २००,००० सम्म हुने अनुमान गरेको छ ।  साउदी शाही परिवार भित्र १५ हजार सदस्य रहेको बताइन्छ ।
साउदी अरबमा कोरोनाका कारण बिहिबारसम्म ४४ जनाको मृत्यु भएको र २ हजार ७ सय ९५ जना संक्रमित रहेको जनाइएको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार ११:१६ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...