back
CTIZAN AD

कुवेतमा दुई नेपालीको मृत्यु

वि.सं.२०७६ चैत २८ शुक्रवार

750 

shares

२८ चैत, कुवेत । कुवेतमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ ।  कुवेतमा कार्यरत लम्जुङका ४१ वर्षीय आइत बहादुर तामाङ र नुवाकोटकी सोनी तामाङको मृत्यु भएको हो ।

नेपाली दूतावासका द्धितीय सचिव श्री कृष्ण सिलवालले दिएको जानकारी अनुसार अल्गानियम कम्पनीको आइत बहादुर तामाङले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

राहदानी नम्बर ०७२२४७२४ का तामाङसँगै रहने साथीका अनुसार नेपाल फर्कने तयारीमा रहेका तामाङ लकडाउनका कारण रोकिएका थिए । उनले अप्रिल ८ बुधबारका दिन कम्पनीकै बिल्डिङमा झुण्डिएर आत्महत्या गरेको कुवेतबाट सञ्चालित अनलाइन तितोपाटीले लेखेको छ ।

त्यसैगरी कुवेतमै नुवाकोटकी सोनी तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।  नुवाकोट मेगाङ गाउँपालिका ४ किस्पाङकी ३७ वर्षीया तामाङ ४ महिना अघिमात्र कुवेत पुगेकी थिइन् ।

कुवेतको इकोभर्ट एफएम क्लिनिङ कम्पनीमा काम गर्ने उनको स्वास्थ्यमा समस्या आएपछि सुयेख क्यान्सर अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा बिहिबार (९ अप्रिल) मा  मृत्यु भएको थियो ।

एक महिना अघि कुवेतको फर्वानिया अस्पतालमा पुर्याएकी उनमा रक्त क्यान्सर भएको पत्ता लागेपछि सुयेख क्यान्सर अस्पतालमा पुर्याएको थियो । त्यहि उनको मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावासले अस्पताल र सम्बन्धीत निकाय तथा कम्पनी अनि परिवारसँग सम्पर्क तथा कुराकानी गरिसकेको र आवस्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

मृतकको घरमा श्रीमान बाल सिंह तामाङ, एकछोरी र एक छोरा रहेको बताइएको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १२:५८ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...