back
CTIZAN AD

यस्तो छ, कोभिड १९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि

वि.सं.२०७७ वैशाख २ मंगलवार

729 

shares

२ वैशाख, काठमाडौँ । यतिबेला संसारभर कोरोना भाइरस(कोभिड १९)को महामारी बढ्दो छ । केही दिनयता नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ । हालसम्म नेपाल कोरोना भाइरसको दोस्रो चरणमै छ । अहिलेसम्म नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको तथ्याङ्क छैन ।

विश्वमा दैनिक हजारौँ मानिसले ज्यान गुमाइरहेको सन्दर्भमा नेपालले पनि कोभिडा १९ बाट मृत्यु भएका व्यक्तहरुको शव व्यस्थापनका सन्दर्भमा कार्यविधि बनाएको छ । यसबाट मृत्यु हुनेहरुको शबबाट समेत संक्रमण बढ्न सक्ने हुँदा शवको व्यवस्थापन पनि अत्यन्त सावधानीका साथ गर्नुपर्ने हुँदा  अघिल्लो हप्ता बसेको मन्त्री परिषद्को बैठकले ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि संक्षिप्त कार्यविधि २०७६’ बनाएको छ ।

‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शवको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेपनि शव सदगतको क्रममा देहाय बमोजिम सावधानी अपनाई शव व्यवस्थापन गर्ने कार्य गरिने छ ।’ कार्यविधिमा जनाइएको छ ।

कार्यविधिमा शव लिन जानु पूर्व शवदाहनका चालक तथा कर्मचारीहरुले व्यक्तिगत सुरुक्षा साधान(पिपिए)को प्रयोग गर्नुपर्ने, शवलाई कम भन्दा कम चलाउनु पर्ने, शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूवर्क बन्द गर्नुपर्ने, शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शवबाहनको प्रयोग गर्न सकिने, शबलाई डिस्इन्फेक्ट भने गर्न आवश्यक नभएको उल्लेख छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १८:०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...