back
CTIZAN AD

कोरोनाको कहरः किसान भन्छन्–‘तरकारी खेति अबदेखि नगर्ने मन भयो’

वि.सं.२०७७ वैशाख ३ बुधवार

861 

shares

३ बैशाख, काठमाण्डौं । कोभिड १९ को कोरोना आक्रमणले संसारको अर्थतन्त्रमा नै ठूलो धक्का पुर्याइरहेको र नेपाली अर्थतन्त्रको पुनसंरचनाकै बहस चलेको बेला किसानहरुले भन्न थालेका छन् ‘अबदेखि खेति किन गने ?’

उत्पादन नभै आत्मनिर्भर नहुने र आत्मनिर्भर नभै स्वाधीन अर्थतन्त्र नहुने अनि स्वाधीन अर्थतन्त्र नभै पुँजीको न्यायिक वितरण नुहने तथा पुँजीको न्यायिक वितरण विना समाजवादको जग नै नबस्ने अर्थात् राजनैतिक भाषण र आश्वासन केवल नारामात्र बनिरहेको कुरो बुझेरै उत्पादन अभियानमा लागेका एक राजनैतिक व्यक्तिले संजाल मार्फत् व्यक्त गरेको प्रतिक्रियाले सबैको ध्यान तानेको छ ।

दूध सडकमा पोख्नु परेको, केरा गाड्नु परेको, अण्डा र कुखुरा पुर्नुपरेको जस्ता घटनासहित कृषकहरुले केही सकारात्मक र नकारात्मक प्रतिक्रिया दिइरहेका थिए । तर, व्यवसायिक रुपले तरकारी खेति गरेका विकेश श्रेष्ठले सडकमा फालेको फोटो हालेका छैनन् । आशा र विश्वासलाई भरीलो र जग्गालाई मलिलो बनाएका उनले नुवाकोटको फाँटमा काक्रो, काउली, ब्रोकाउली र बन्दागोभी फलाएका छन् । उत्पादन गरेको वारीमा सडाउनु हुँदै होइन  तर उनले विक्रिका लागि गरेको प्रयास अर्थहिन भएको भन्दै पीडादायी प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा भनेका छन् ‘पहिलो दिन काउली र ब्रोकाउली बट्टार बिदुर त्रिशुली घुमाइयो दुई डोका घुमाइयो बिक्री भयो ५५० रको १ बाँकी फर्काइयो सुकुटि भेज बनाइयो । दोस्रो पटक काँक्रो र ब्रोकाउली एक डोको ४० किलो पठाइयो रुपैया आयो ८५० र तेस्रोपटक फेरि काउली ब्रोकाउली बजार घुमाइयो रुपैया आयो ५५० र बाँकी बजार मै बाँडियो छोडियो । काँक्रो काउली ब्रोकाउली र बन्दा कोभी २० रोपनी छ ! लगानी त गयो गयो तरकारी खेती अब देखी नगर्ने मन भयो ।’

चालिसको दशकदेखि वर्गियमुक्ति आन्दोलनमा उत्प्रेरित हुँदै जनयुद्धको समयमा राजनैतिक र फौजी कमाण्ड सम्हालेका र शान्ति प्रक्रियापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख प्रमुख स्वकीय सचिव समेत भएका विकेश श्रेष्ठले उत्पादन र समाजवादको सम्बन्ध सिधा रहेको बताउँदै उत्पादनमा लागेका थिए ।

एकातिर उनीजस्ता सचेत कृषकको हालत यो अवस्थामा छ भने अर्कातिर उत्पादन नगरी देश नधानिने भएको छ । नेपालमै रहेकाको पेट पाल्नदेखि खाडी लगायत विभिन्न ठाउँबाट फर्कने नेपालीलाई समेत यहि माटोले हातमुख जोडाउनु छ । समाजवादी कृषिमन्त्री र आशावादी प्रधानमन्त्रीले निर्देशिका मात्र बनाउने कि किसानको आशु पुछ्ने ?

वि.सं.२०७७ वैशाख ३ बुधवार १७:०२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...