back
CTIZAN AD

अमा हम घर आ गैंली

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

837 

shares

गाउँलेहरुको सपना भनेको
सहर पस्नु हो,
अझ ठूलो सपना
सहरमा जम्नु हो।

जसरी छिमेकी सहर पसेर
झुपडी बाट महल खडा गरेको छ
धेरैलाई त्यही गर्न भने पनि
सहर पस्नु छ ।

सहरियाहरुलाई अमेरिका सपनाको देश जस्तै
गाउँलेलाई सहरनै सपनाको देश हो,
उनीहरुलाई लाग्छ त्यहाँ त,
अवसरै अवसर छ ।

सहरले उसलाई धेरै थोक दियो
सबै भन्दा ठूलो पैसा दियो
पैसाले उसका सबै परिवारलाई सुख दियो।

उसले सहरलाई चिन्न थालेको धेरै भयो,
भुकम्प आउँदा
अलि अलि निर्दयी लाग्यो उसलाई सहर
नाकाबन्धीमा
अलि अलि विभेदी लाग्यो सहर
अहिले यो बन्दाबन्दीमा
पुरापुर चिनेको छ उसले सहरलाई,
सहरका शाभ्रान्त मानिसहरुलाई,
उसले गाउँमा जस्तो समता पाएन सहरमा ।

बन्दाबन्दीमा सहर,
रैथानेको मात्रै भएको छ
घर भित्र प्रवेश रोकको सूचना
ढोकामा टाँसिएको छ।

त्यही भएर,
उ सहर छोडेर
हिँडेरै घर पुग्न कस्सिएको छ,
हप्तौं लागोस,
भोक, निद्रा, केही नभनी
उ नौबिसे झरेको थुप्रै भएछ।

अब उसको सपनाको सहर
गाउँनै हुनेछ,
उ त्यहीँ मिहिनेत गरेर बस्ने छ,
सहर तिमी अब एक्लो हुनेछौ
तिम्रो बन्द गरेको ढोका अब फेरि कहिल्यै नखोले हुन्छ।

बाटामा गुड्ने कुनै पनि गाडीले
उसलाई रोकेर जाउँ भनेन
हिँडेरै घर पुगे पछि
उ आँगनमा रहेको खटियामा पल्ट्यो
लामो सास फेर्यो
खै आमालाई देख्यो कि देखेन
जोडले भन्यो
अमा हम घर आ गैंली ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:०९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...