गाउँलेहरुको सपना भनेको
सहर पस्नु हो,
अझ ठूलो सपना
सहरमा जम्नु हो।
जसरी छिमेकी सहर पसेर
झुपडी बाट महल खडा गरेको छ
धेरैलाई त्यही गर्न भने पनि
सहर पस्नु छ ।
सहरियाहरुलाई अमेरिका सपनाको देश जस्तै
गाउँलेलाई सहरनै सपनाको देश हो,
उनीहरुलाई लाग्छ त्यहाँ त,
अवसरै अवसर छ ।
सहरले उसलाई धेरै थोक दियो
सबै भन्दा ठूलो पैसा दियो
पैसाले उसका सबै परिवारलाई सुख दियो।
उसले सहरलाई चिन्न थालेको धेरै भयो,
भुकम्प आउँदा
अलि अलि निर्दयी लाग्यो उसलाई सहर
नाकाबन्धीमा
अलि अलि विभेदी लाग्यो सहर
अहिले यो बन्दाबन्दीमा
पुरापुर चिनेको छ उसले सहरलाई,
सहरका शाभ्रान्त मानिसहरुलाई,
उसले गाउँमा जस्तो समता पाएन सहरमा ।
बन्दाबन्दीमा सहर,
रैथानेको मात्रै भएको छ
घर भित्र प्रवेश रोकको सूचना
ढोकामा टाँसिएको छ।
त्यही भएर,
उ सहर छोडेर
हिँडेरै घर पुग्न कस्सिएको छ,
हप्तौं लागोस,
भोक, निद्रा, केही नभनी
उ नौबिसे झरेको थुप्रै भएछ।
अब उसको सपनाको सहर
गाउँनै हुनेछ,
उ त्यहीँ मिहिनेत गरेर बस्ने छ,
सहर तिमी अब एक्लो हुनेछौ
तिम्रो बन्द गरेको ढोका अब फेरि कहिल्यै नखोले हुन्छ।
बाटामा गुड्ने कुनै पनि गाडीले
उसलाई रोकेर जाउँ भनेन
हिँडेरै घर पुगे पछि
उ आँगनमा रहेको खटियामा पल्ट्यो
लामो सास फेर्यो
खै आमालाई देख्यो कि देखेन
जोडले भन्यो
अमा हम घर आ गैंली ।
वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:०९ मा प्रकाशित





























