back
CTIZAN AD

तीन आश्रमलाई एनटीएको राहत

वि.सं.२०७७ वैशाख ६ शनिवार

846 

shares

६ बैशाख, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण खाद्यान्नको समस्या भोगिरहेका ३ आश्रमलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत प्रदान गरेको छ ।

एनटीएको पहलमा मुलपानीको बाल आश्रम, सुन्दरीजलको चेपाङ आश्रम र गागलफेदीको श्री ज्येष्ठ नागरिक सेवा केन्द्रलाई राहत प्रदान गरिएको हो । बाल आश्रममा ४०, चेपाङ आश्रममा २९ र केन्द्रमा ९ जना आश्रित छन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र व्यवसायी एवं समाजसेवी माधव मैनालीको सहयोगमा राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । आश्रमलाई दाल, चिउरा, चाउचाउ, चिनी, दालमोठ, आलु, तेल र ह्यान्ड सोप प्रदान गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।

राहत वितरणमा कागेश्वरी मनोहरा नगरपालिका वडा ६ का अध्यक्ष प्रकाश फुयाँल र वडा १ का अध्यक्ष मकुन्द गजुरेलको पनि उपस्थिति रहेको थियो । यसअघि एनटीएले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न ७ वडाका ८०, ललितपुर महानगरपालिकाका ४ र गोकर्णेश्वर नगरपालिका १ मा गरी ८५ परिवारलाई राहत वितरण गरेको थियो ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १४:२६ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...