back

नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत रोमिङ सम्झौता

वि.सं.२०७३ पुस ६ बुधवार

696 

shares
IME Limited
NTC AD

telecom

काठमाडौँ । नेपाल टेलिकम र कतारको दूरसञ्चार कम्पनी ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार अब नेपाल टेलिकमका जिएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ता कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

गत मङ्सिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका तर्फबाट प्रमुख कार्यकारी निर्देशक खालिद अल मन्सुरीले हस्ताक्षर गर्नुभएको छ ।

आगामी पुस १७ गते नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो ।

वि.सं.२०७३ पुस ६ बुधवार ०२:५४ मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

नेप्से परिसूचक २२ अङ्कले घट्यो

नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

यस्तो छ आज : विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज : विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

माबिलुङ इनर्जीको आइपिओ खुल्यो

माबिलुङ इनर्जीको आइपिओ खुल्यो

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आइपिओ खुला गरेको छ ।...