back
CTIZAN AD

साउदीमा कोरोना संक्रमित हुनेमा ७३ प्रतिशत विदेशी नागरिक, नेपाली दूतावासले गर्यो यस्तो अनुरोध

वि.सं.२०७७ वैशाख ८ सोमवार

789 

shares

८ बैशाख, साउदी । साउदीमा हालसम्म (२० अप्रिल) कोरोना संक्रमितको संख्या १० हजार ४८४ पुगेको त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् । संक्रमित मध्ये ७३ प्रतिशत विदेशी नागरिक र २७ प्रतिशत स्थानीय नागरिक रहेका छन् । साउदीमा आजमात्रै १ हजार १२२ जनामा नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै कूल संक्रमितहरु मध्ये हालसम्म १ हजार ४९० जना निको भएका छन् । साथै आज मृत्युभएका ६ सहित हालसम्म १०३ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी साउदीमा थप नेपालीमा संक्रमण भएको आधिकारिक जानकारीसहितको सूचि प्राप्त नभएको पनि साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले साउदीका नेपालीलाई सचेत बनाउँदै यस्तो सूचना जारी गरेको छ ।
‘आफ्नो रोजगारीका क्रममा विविध समस्या राख्दै नेपाली राजदूतावासमा टेलिफोन, ह्वाट्सएप, इमेलबाट सम्पर्क गर्नुहुंदा आफ्नो नाम, जिल्ला, अकामा नम्वर, कार्यरत कम्पनीको नाम, कफिल वा म्यानेजर (जो समस्याका सम्बन्धमा जानकार छ) को नाम र नम्वर, नेपालको म्यानपावर कम्पनीको नाम र नम्वर, कार्य गरेको अवधि, हालको समस्या र उपलव्ध भएसम्म त्यहाँ कार्यरत भई समस्यामा परेका नेपालीको संख्या लगायतका विषयमा तथ्यपरक विवरणहरु उपलव्ध गराइदिनुहुन अनुरोध छ । यसले वर्तमान संकटका बेला आइपर्ने समस्या समाधानमा पहल गर्न सहज हुने अनुरोध छ ।

पछिल्ला केही दिन यता विभिन्न स्थानमा रहेका नेपाली कामदारहरुले रोजगारदाता कम्पनी(client company) ले आफू बसिरहेको आवास खाली गरी सप्लाई कम्पनीको आवासमा जाउ भनेकै भरमा आफ्ना आवास छाडेको पाइएको छ ।

‘साउदीका साढे ३ लाख बढी नेपालीका बारेमा सरकारले बेलैमा ध्यान पुर्याओस्’

आफू बसिरहेको आवास छोड्ने र सप्लाई कम्पनीको आवासमा प्रवेश नदिने भएका कारण वीचमै अलपत्र परेका जानकारी प्राप्त भएको छ । अहिलेको संकटको घडिमा आफू बसिरहेको आवास बाहेक अन्यत्र कहि कतै सजिलै बस्न नपाइने र संक्रमणको जोखिम झनै बढ्ने भएकाले कुनैपनि बहानामा आवास बाहिर निकाल्न खोजिएमा सो स्वीकार नगर्न र आवास नछोड्न सम्बन्धित सबैमा अनुरोध छ ।

वर्तमान अवस्थामा कसैलाई पनि आवासबाट बाहिर निकाल्न पाइँदैन । कसैले जबरजस्ती गरेमा यसरी जबरजस्ती गर्नेको टेलिफोन नम्वर आफ्नो विवरण सहित नजिकको प्रहरी कार्यालय वा मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको सेवाग्राही नंवर १९९११ वा नेपाली राजदूतावास रियाद वा जेद्दा स्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ । कृपया यो सूचनालाई जतिसक्दो शेयर गरिदिनुहोला ।’

साउदीमा कोरोनाको संक्रमण तिब्ररुपमा बढ्दै, सबैले साथ नदिएमा नियन्त्रणमा कठिन हुने चेतावनी

वि.सं.२०७७ वैशाख ८ सोमवार २१:४९ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...