back
CTIZAN AD

चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको अनुरोध

वि.सं.२०७७ वैशाख ९ मंगलवार

687 

shares

९ बैशाख, काठमाण्डौं । मौसम पुर्वानुमान महाशाखाले आगामी तीनदिनको मौसम यसप्रकार रहेको बताएको छ ।

विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकाले केही दिन मेघ गर्जनसहित हवा, हुरी र चट्याङसहित देशका विभिन्नस्थानमा वर्षा भइरहेको छ ।

हावाहुरी र वर्षाका कारण तराईका क्षेत्र बढी प्रभावित भएका छन् । यसले किसानले लगाएको बालीमा बढी क्षति पुर्याएको छ । सयौ हेक्टरमा लगाएका किसानका बाली वर्षाका कारण नष्ट भएको छ ।

विभागका अनुसार आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन÷ चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । साथै राति पनि हावाहुरी र चट्याङसहित वर्षा हुनेछ ।

त्यस्तै बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ । अपरान्ह पश्चात् पहाडी भू–भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ भने राति पनि पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷ चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै विहिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भू–भागका थेरै केहि स्थानहरुमा मेघगर्जन\ चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी दिँदै देशका केही स्थानहरुमा मेघ गर्जनसहित चट्याङ्ग, हावाहुरी÷असिना सहित वर्षा हुनसक्ने देखिएकोले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १०:१५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...