back
CTIZAN AD

विश्वका सकारात्मक, अनुकरणिय र शिक्षाप्रद् मुख्य खबरहरु

वि.सं.२०७७ वैशाख ९ मंगलवार

822 

shares

साउदी सरकारले सामान लुकाइ बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालो बजारी गर्नेको रिपोर्ट गर्नेलाई ब्यापारिक प्रतिष्ठानबाट प्राप्त हुने जरिमानाको २५ प्रतिशत राशी पुरस्कार दिने भएको छ ।

यस्तो छ, हिजो, २०२० जुलाई २०(२०७७ वैशाख ८) गते(सोमबार)का विश्वका सकारात्मक, अनुकरणिय र शिक्षाप्रद् मुख्य खबरहरु :

(१) साउदी अरबको भ्रष्टाचार निवारण आयोगले बिदेशबाट स्वदेश फर्किएका साउदी नागरिकहरूलाइ १४ दिनसम्म अनिवार्य Isolation मा राख्न गरेको क्वारेन्टाइन ब्यवस्थापनमा कमिशन लिंदै आर्थिक तथा प्रशासनिक अनियमितता गरेको अभियोगमा संलग्न २ जना उच्च पदस्थ स्वास्थ अधिकारीहरू बिरूद्ध केश अघि बढाएको साथै कर्फ्युका बेला अत्यावश्यक कामका लागि जारी गरिने पर्मिट बिक्री गरेको अभियोगका बारेमा पनि अनुसन्धान भैरहेको साउदी सरकारी समाचार एजेन्सी (SPA) ले जनाएको छ ।

साउदी अरबमा भ्रस्टाचार गर्ने, सरकारी पदको दुरूपयोग गर्दै अनियमितता गर्नेका बिरूद्ध उजुरी गर्न उक्त आयोग (Nazaha)ले मास मेशेजिङ (SMS) गरिरहन्छ । (‘भ्रस्टाचार निवारण’ लाइ सुशासनको अनिवार्य शर्त, आवश्यकता र आधार मानिन्छ) ।

सरकारले सामान लुकाइ बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालो बजारी गर्नेको रिपोर्ट गर्नेलाइ ब्यापारिक प्रतिष्ठानबाट प्राप्त हुने जरिमानाको २५% राशी पुरस्कार दिने भएको छ ।

(२) साउदी सरकारले २४ घण्टे कर्फ्यु लागेका स्थानहरूमा पनि कृषि तथा पशु पालनमा संलग्नहरूका लागि बिशेष ट्राभल पर्मिटको ब्यवस्था मिलाउंदै बजारमा कुनै पनि खाद्य सामाग्रीहरूको अभाव हुन नदिने भएको छ । साउदी अरबको आन्तरिक मागको तुलनामा साउदी भित्रै ११६% अण्डा उत्पादन हुने भएता पनि हाल बजारमा अण्डाको केही अभाव देखिएकाले ५ वटा मुलुकहरूबाट अण्डा आयात गर्ने भएको छ, साथै अण्डा उत्पादक साउदी फर्महरूसंग २४% उत्पादन बढाउने समझदारी गरेको छ ।

(३) साउदी अरबले निजि क्षेत्रलाइ थप सहयोग गर्न आगामी २ बर्षसम्म ती कम्पनीहरूमा रोजगाररत साउदी नागरिकहरूको ३०%-५०% तलब सरकारले ब्यहोरिदिने भएको छ । यसका लागि कम्पनीहरूलाइ आ आफ्ना साउदी रोजगारकर्मीहरूलाइ अबिलम्ब मानव संशाधन बिकास कोष (HADAF) मा दर्ता हुन भनेको छ । महिला, अपांग, साना तथा मझ्यौला उद्योग ब्यवसाय र शहरहरूबाट टाढा दूर दराजका ग्रामिण क्षेत्रमा नियुक्तहरूले १०% अतिरिक्त सहयोग पाउनेछन ।

(४) साउदी अरबका शिक्षा मन्त्री डा. हमाद बिन मोहमद अल अल-शेखले दूर शिक्षा प्रणाली (Distance Learning) शिक्षा लिने एक बिकल्प मात्र नभइ यसलाइ रणनीतिक रूपमा सरकारी स्तरमै कोरोना संक्रमन पछि पनि थप बिकास गर्दै जारी राखिने बताउनुभएको छ ।

(५) कतारको सरूवा रोग केन्द्र (CDC) की मेडिकल डाइरेक्टर डा. मुना अल मस्लामनी ले ‘ब्लड प्लाज्मा थेरापी’ कोरोनाको उपचारमा निकै उपयोगी सिद्ध भएको अनुभव शेयर गर्नुभयो । प्लाज्मा लिएको २-३ दिनमै कोरोना संक्रमित बिरामीको अक्शिजन लेभल बढेकाले स्वास फेर्न सजिलो भएको र छातीको एक्स रे मा पनि छातिको समस्यामा सुधार देखिएको बताउनुभयो । कतारको अलरायान टिभिसंगको एक अन्तरवार्तामा वहांले कतारमा (पनि) संक्रमितहरूको संख्या बढ्नुमा ३ कारणहरू रहेको जसमा एक त कोरोना संक्रमनको एक चक्र हुने भएकाले यो अझै केहि दिन अरू बढ्नसक्ने छ र सम्भवतः मइ महिनाको पहिलो हप्तादेखि मात्रै यसमा कमि आउने, दोस्रो – कतारले मेडिकल टेस्ट सुविधा बढाउंदै टेस्टको संख्या र दायरा बढाउनु र तेस्रो – संक्रमनका शुरूकै अवस्थामा पत्ता लगाउन (Early Detection) गरिएका सघन प्रयासहरूलाइ तिब्र पार्नु रहेका छन, भन्नुभयो ।

(६) UAE को अबुधाबीमा अनुसन्धानकर्ताहरू, बैज्ञानिकहरू र इञ्जिनियरहरूको संयुक्त प्रयासमा भेन्टिलेटरको नमूना (Prototype) तयार पारिएको छ । कोरोना संक्रमनका कारण ICU मा नभइ नहुने र बिश्वमै यतिबेला अभाव रहेको यो महत्वपूर्ण उपकरण हाल आन्तरिक परिक्षणमा छ, यो परिक्षणमा सफलता मिलेपछि यसको बाह्य परिक्षण, प्रमाणिकरण र मान्यता (Validation) पश्चात यसको ब्यापारिक उत्पादन थालिनेछ ।

(७) UAE ले आफ्ना नागरिकरू वापस नलगे दुइ देश बिचको श्रम सम्झौतामाथि पुनर्बिचार गर्ने चेतावनी दिएपछिको दबावमा पाकिस्तान आफ्ना नागरिकहरूलाइ स्वदेश फिर्ता ल्याउन सहमत भएको छ। यसको शुरूवात गर्दै गतः सप्ताहान्तमै दुबइमा अलपत्र परेका २२७ जना पाकिस्तानीहरूलाइ पाकिस्तान लगिएको छ । युएइमा ४०,००० पाकिस्तानीहरूले स्वदेश फर्किन आफ्नो नाम दर्ता गराएका छन, तर उनिहरूको उडान कहिले हुने? निश्चित भैसकेको छैन ।

(८) भारतमा कोरोना संक्रमित (Positive) हुनेहरूमध्ये ८०% मा कोरोनाका लक्षणहरू (Symptoms) नदेखिएको तथ्य AIIMS की भाइरोलोजी एक्स्पर्ट डा. अनुदिता भार्गवा ले आज खुलाउनुभएको छ । यसरी कोरोना संक्रमनको पहिचान सहज नभएको भन्दै सस्तो र छिटो छरितो टेस्ट बिधि अपनाउनुपर्ने र टेस्टको दायरा र संख्या पनि ब्यापक रूपमा बढाउन र हटस्पटहरूमा बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

क्रमशः

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०९:४७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...