back
CTIZAN AD

खाडी र मलेसियाका लाखौं नेपाली सरकारको उचित निर्णयको पर्खाइमा छन्

वि.सं.२०७७ वैशाख ९ मंगलवार

984 

shares

कोभिड–१९ ,को प्रकोप झन् झन बढ्दै जादा सजगता र सामाजिक दूरी कायम गरि ब्यक्तिगत सरसफाइमा ध्यान दिएर रोक्नु बाहेक कुनै ठोस औषधि फेला परेको छैन । बिश्वभरका २४ लाख भन्दा बढी नागरिकहरू कोरोनासँग लडाई गर्न शारिरीक क्षमताले भ्याएसम्म जुध्दै छन् ।

यसैगरी साउदी अरबमा पनि आजका मितिसम्म आइपुग्दा ६ जना नेपाली सहित १० हजार ४८४ संक्रमित भेटीएका छन् भने १०३ जनाले कोरोनासंगको लडाइमा पराजित भएर मृत्युवरण गर्न पुगेका छन् । प्राप्त सरकारी जानकारी अनुसार ५ जना नेपाली स्वास्थ्य लाभ गरी काममा फर्किसकेका छन् भने एकजना उपचाररत छन् ।

अहिलेको चुनौती, मानव अस्तित्व जोगाउन जुन–जुन मुलुकले लकडाउन गर्न ढिला गरे, उनीहरुले ठूलै मानविय क्षति ब्यहोर्दै महामारीसँग लडिरहेका छन् ।

बिश्वब्यापी लकडाउनको प्रभाव सबै मुलुकमा उत्तिकै छन् । साउदी अरबमा पनि दिनप्रतिदिन संक्रमितको संख्या क्रमश बृद्धि हुदै छ । जसले गर्दा प्रायः कम्पनिहरू बन्द हुने अबस्थामा छन् । फलतः कामदारहरू पनि बेरोजगार हुने क्रम जारी छ । पहिलो चरणमा अनधिकृतरूपमा रहेका नेपाली कामदारहरू आममाफिका दौरान बहिर्गमनका भिसा पर्खिरहेका थिए, उनीहरुलाई खानपिन र आबासका समस्याहरू देखापर्न थालेका छन् भने दोश्रो चरणको लकडाउन थपिएसँगै समस्याहरू झन सतहमा आउन लागेको छ ।

अहिले प्राय सप्लाइ कम्पनिहरूमा कार्यरत कामदारहरूका लागि कामगर्ने सप्लायरहरूका क्याम्प हुँदैनन्, एउटा सानो अफिसबाट सिधै माग अनुसार एउटा कम्पनिबाट अर्कोमा घुमिरहने भएकोले पनि कममदारहरू सप्लायर कम्पनिमा आउन चाहदैनन् र म्पानपावरहरूले झुक्याएर कम्पनि भन्दै पठाउने गर्दछन् । गन्तब्यमा आएपछि मात्रै थाहा हुने गर्दछ ।

दैनिकजसो ५ सयको हाराहारीमा संक्रमित भेटिएसंगै दोश्रो चरणको लकडाउनमा कडाइ गर्न साउदी सरकारले निर्देशन जारी गरेसंगै काम गर्न जान पाइने पास करिब–करिब बन्द भैसकेको छ । सप्लाइमा रहेका कामदारहरूलाई उनीहरूको अफिस अगाडी छोडेर फर्किन्छन । जबकि, साउदी सरकारले निजी कम्पनि र ब्यापारिक प्रतिष्ठानमा क्षमता अनुसार कामदार घटाउन र बिदामा पठाउन औपचारिक रुपमा स्विकृति समेत दिइसकेको छ भने क्याम्पमा राखेर खाना खाने ब्यबस्था चै गरिरहनु पर्ने साउदी सरकारले निर्देशन जारी गरेको छ ।

अहिले प्राय कन्ट्रक्सन कम्पनिहरू, होटल, रेष्टुरेन्ट कफि सप, मल आदि बन्द रहेका छन् भने त्यहाँ कार्यरत कामदारहरू क्याम्पमै छन् । कतिपयलाइ बेतलबि बिदा दिइएको छ भने कतिपय कामदारहरू तलब आउने नआउने दूबिधामै छन् । अप्रिल महिनाको तलब मे महिनामा आउने पर्खाइमा छन् । कतिपय कामदारहरू लाइ खानाको मात्रै रकम दिइ एयरपोर्ट खुल्ने पर्खाइमा राखेका छन् कम्पनिहरूले ।यसकारण ब्यपार ब्यवसाय धरासायी बन्दै गएकोले अधिकांश कम्पनिहरू बिषम परिस्थितिमा तत्काल कामदारको भार थेग्न सक्ने अबस्थामा छैनन्, त्यसैले एकैचोटि हजारौको संख्यामा नेपालीहरू पीडित बन्न् सक्ने अबस्था सृजना हुन सक्ने प्रबल सम्भावना देखिएको छ । अप्ठ्यारो त के पनि छ भने, बिगतमा जस्तै किरानापसल (बकाला) हरूले उधारोमा महिना दिनका लागी खाधान्न दिने गरेका थिए र तलब पाएपछि चुक्ता गरि नयाँ खातामा सामान दिन्थे अहिले उधारोमा सामान दिन बन्द गरी नगदमा मात्रै सिमित भएको छ । र खाद्यान्न समस्या पनि मे महिना पछि आउने सम्भावना छ ।

साउदीमा समस्या दिनानुदिन यसरी बढदैछ, कि आ–आफ्नो बासस्थान भन्दा नजिकको किराना पसलहरू बाहेक दायाँ दायाँ जान कानुनतः दण्डनिय र यो नियम उल्लंघन गरेवापत दण्ड तिर्नुपर्ने हुन्छ । यो जरिमाना कतिपयले तिरिसकेका पनि छन् ।

बिदेशमा रहेका नेपालीहरूले आफ्ना परिवारलाइ मात्रै गाँस बास दिएनन्, सन्तानलाइ उच्च शिक्षा दिलाउन र राज्यलाइ चाहिने दक्ष नागरिकहरू उत्पादनमा समेत महत्वपूर्ण योगदान दिनुका साथसाथै रेमिट्यान्सको माध्ययमबाट बैदेशिक मुद्रा आर्जन गरि ग्राहस्थ्य उत्पादनमा ठूलो हिस्सा योगदान गरेका छन् । साथसाथै बैदेशिक रोजगार बोर्डमा पनि श्रम नबिकरण बापत अबौं रूपैयाको योगदान गरेका छन् ।

अब प्रत्यक्ष–अप्रत्यक्ष रूपमा देश बाहिर रहेका निम्न आयका लाखौं नेपालीहरू बिदेशी भूमिमा भोक र त्रासमा छटपटिएर बस्ने कि सरकारले उचित प्रबन्ध गरिकन कुटनैतिक पहल गरि स्वदेशमा सम्मानजनकरूपमा स्वागत गर्ने ? खाडि र मलेशिया लगायतका नेपाली कमदारहरूले सरकारको आहवान कहिले हुने ? भनेर धैर्यतापुर्बक पर्खेर बसिरहेका छन् ।

निश्चित रूपमा मानविय यस संकटको घडिमा नेपाल सरकारलाइ एक साथ लाखौंका संख्यामा क्वारेन्टाइन गरि ब्यस्थापन गर्न गार्हो हुन सक्छ तर बिकल्प पनि छैन । निश्चित अबधिका लागि परिवार र मातृभूमि छोड्न बिवस निम्न बर्गिय नेपालीहरू थप संक्रमण हुन सक्छ भन्ने आशंकामा घर फिर्नै नपाउने त हुदैंहुन्न । लकडाउनका अबधिमा पनि नेपालमा फसेका बिदेशी नागरिकहरूलाइ सम्बन्धीत मुलुकले बिमान चार्टर्ड गरि देश फर्काएको उदाहरण हाम्रै सामु छन् ।

यसरि बिदेशबाट नेपाल जाने नेपाली कामदारहरूलाइ नजिकको पायक पर्ने सार्बजनिक स्थलहरू जस्तै बिद्यालय, सामुदायिक आदि भवनमा स्वास्थ्यकर्मीहरूको निगरानिमा निश्चित अबधिसम्म राख्न सकिन्छ ।

अहिले प्रबासी भूमिमा छटपटिएर अर्काको मुख ताक्नुभन्दा दुखजिलो गरेर भएपनि परिवारसंगै बस्न पाउनुपर्छ भनेर प्रबासी नेपालीहरू नेपाल सरकारसँग याचना गरिरहेका छन्, र नेपाल सरकारको दायित्वभित्र पर्ने कर्तब्यबोध गराउन बैदेशिक रोजगार ऐन २०६४ ले दिएको अधिकार अन्तर्गत परिच्छेद १२ को धारा ७५ को उपधारा २ अनुसार ‘नेपाली कामदार कार्यरत मुलुकमा युद्ध, माहामारी, प्राकृतिक बिपति परि कामदारलाइ तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारिमार्फत् कामदार फिर्ता गर्ने ब्यबस्था मिलाउने छ ।’

अहिले यो धारा इमान्दारीपूर्बक लागु गर्न सर्वोच्च अदालतले पनि नेपाल सरकारलाइ आदेश जारी गरिसकेको छ । त्यसकारण पनि पछि बढी समस्यामा सरकार आत्तिनु भन्दा बेलैमा सोचोस्, खाडी र मलेसियाका लाखौं नेपाली कामदारहरु सरकारको उचित निर्णयको पर्खाइमा छन् ।

बाह्य संपर्क संयोजक, प्रबासी नेपाली समन्वय समिति, साउदी

‘साउदीका साढे ३ लाख बढी नेपालीका बारेमा सरकारले बेलैमा ध्यान पुर्याओस्’

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०९:३१ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...