९ वैशाख । संसारभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९)बाट विभिन्न देशमा बस्ने नेपालीहरु प्रभावित बनिरहेको सन्दर्भमा ब्राजिलस्थित नेपाली दूतावासले अत्यन्त जरुरी सूचना जारी गर्दै आफ्नो क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्क गर्न भनेको छ ।
ब्राजिल, चिली, अर्जेन्टिना, पाराग्ले, बोलिभिया, भेनेजुयला, पेरु, उरुग्वे लगायत दक्षिण अमेरिकी मुलुकहरुमा समेत तिब्र रुपमा फैलिरहेको कोराना भाइरसको संक्रमण फैलिरहेको हुँदा ती देशमा रहेका नेपालीहरुलाई अत्यावश्यक सेवा/जानकारी/सूचना लगायत अन्य कुनै समस्या परे दूतावासमा सम्पर्क गर्न अनुरोध गर्दै इमेल र मोबाइल नम्बर उपलब्ध गराइएको छ ।
मातृभूमिको लागि नेपाली राष्ट्रिय समिति सान्तिएगो दे चिलीका संयोजक सरोज अर्यालले दूतावासको उक्त सूचना सार्वजनिक गर्दै ती देशहरुमा बस्ने नेपालीहरुले आफूलाई आपत परेमा सिधै दूतावासमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
वि.सं.२०७७ वैशाख ९ मंगलवार ०९:३१ मा प्रकाशित






























