back
CTIZAN AD

अध्यादेशप्रति मोहनविक्रम सिंहको पनि आपत्ति, भन्छन्-प्रजातान्त्रिक प्रणालीमाथि कुठाराघात भयो

वि.सं.२०७७ वैशाख ९ मंगलवार

741 

shares

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले सरकारले अचानक ल्याएको अध्यादेश प्रजातान्त्रिक प्रणाली माथि कुठाराघात गरेको र त्यसले गम्भीर षडयन्त्रको आशंका उब्जाएको भन्दै आपत्ति जनाएका छन् ।

महामन्त्री सिंहले सोमबार सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी र संबैधानिक परिषद् सम्बन्धी अध्यादेश गलत ठानेको र त्यसको विरोध गरेको बताएका छन् ।

‘कुनै राजनीतिक दलको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या पुगेपछि मात्र विभाजनलाई बैधानिकता दिन सकिने प्रकारको व्यवस्था नेपालमा लामो समयदेखि अभ्यास गरिंदै आएको छ र त्यो प्रजातान्त्रिक प्रणाली पनि हो । अहिलेको अध्यादेशले त्यो प्रजातान्त्रिक प्रणालीमाथि कुठाराघात गरेको छ ।’ महामन्त्री सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, दल विभाजनसम्बन्धी अध्यादेशले सरकारमा गम्भीर प्रकारको वेमेल भएको कुरालाई बताउँछ र त्यसले राजनीतिक दलहरूमा फुटलाई प्रोत्साहित गर्नेछ ।’

विज्ञप्तिमा भनिएको छ,
ती अध्यादेशहरूलाई अकस्मात, त्यो पनि संसदमा नलगिकन पारित गराउनुपर्ने आवश्यकता किन पर्यो रु त्यसले गम्भीर प्रकारको षडयन्त्रको शङ्का उठाउँछ । या त त्यसका पछाडि स्वयं नेकपा (नेकपा) लाई नै विभाजन गर्ने उद्देश्यले काम गरेको छ या त्यसका पछाडि अन्य राजनीतिक दलहरूमा विभाजन ल्याउने उद्देश्यले काम गरेको छ । त्यसका साथै उक्त अध्यादेशहरूका पछाडि सम्पूर्ण लोकतान्त्रिक प्रणालीमाथि नै कुठाराघात गर्ने योजनाले ता काम गरेको छैन रु अहिले अकस्मात, अस्वभाविक र असान्दर्भिक प्रकारले त्यसप्रकारका अध्यादेशहरू आएको वास्तविकतामाथि विचार गर्दा त्यसप्रकारको प्रश्न उठाउनका लागि पनि ठाउँ छ ।

उक्त कुराहरू जे भएपनि अहिलेको स्थितिमा, खास गरेर कोरोना भाइरसले पैदा गरेको सङ्कटको अवस्थामा, त्यसप्रकारका अध्यादेश ल्याउनु गलत मात्र छैन, त्यो असान्दर्भिक पनि छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि गलत र अप्रजातान्त्रिक छ । त्यसले दुईजना मात्र संविधान परिषद्का सदस्यहरूलाई सबै महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्ने अधिकार प्रदान गर्दछ । त्यसप्रकारको अध्यादेशले सरकारको एकाधिकारवादी प्रवृत्तिलाई नै बताउँछ ।
अहिले सम्पूर्ण विश्वमा कोरोना भाइरसको सङ्कट देखापरेको र नेपाल पनि त्यसको मुखमा उभिएको अवस्थामा देशमा व्यापक राजनीतिक एकता र स्थिरताको आवश्यकता छ । खाली सरकार र सत्तापक्षमा मात्र होइन, प्रतिपक्षमा रहेका दलहरूसित समेत व्यापक एकता कायम गरेर कोरोना भाइरसको सङ्कटको सामना गर्न सकिने छ र त्यो अहिलेको राष्ट्रिय आवश्यकता पनि हो । तर अहिले राष्ट्रपतिद्वारा जारी गरिएको दल विभाजनसम्बन्धी अध्यादेशले देशमा व्यापक राजनीतिक एकता कायम गर्ने त धेरै टाढाको कुरा भयो, स्वयं सरकारमा भएको नेकपामा पनि विभाजनको स्थिति पैदा गर्ने सङ्केत देखापरेको छ । सरकारको त्यसप्रकारको नीतिका कारणले नेकपाले ता कडा मूल्य चुकाउनु पर्ने नै छ, त्यसका साथै ओली सरकारले अगाडि ल्याएको अध्यादेशका कारणले सम्पूर्ण देशले पनि ठूलो मूल्य चुकाउनु पर्नेछ । यसप्रकारको स्थितिले प्रतिगामी शक्तिहरूलाई पनि एक वा अर्को प्रकारले अगाडि आउन बाटो खोल्यो भने त्यो आश्चर्यको कुरा हुने छैन ।

उपरोक्त प्रकारको पृष्ठभूमिमा एकातिर, सरकार र प्रतिपक्षका दलहरूमा समेत व्यापक एकता कायम गरेर कोरोना भाइरसको सामना गर्न र, अर्कातिर, देशमा कायम भएको लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सन्तुलित र ठोस पहलकदमी गर्न ने।क।पा। (मसाल) ले सरकारको ध्यान आकर्षित गर्न चाहन्छ । अन्तमा हामीले सरकारसँग उक्त दुवै अध्यादेशहरूलाई तुरुन्त फिर्ता गर्नका लागि माग गर्दछौँ ।’

वि.सं.२०७७ वैशाख ९ मंगलवार ११:४९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...