९ बैशाख, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले हालै जारी गरेको अध्यादेशले राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्ने संकटलाई दृष्टिगत गर्दै उक्त अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
सरकारद्धारा सोमबार जारी राजनीतिक दल सम्बन्धी र संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्र धरापमा पार्ने टड्कारो सम्भावना देखिने बताएको छ ।
राप्रपका अध्यक्षत्रय पशुपती शमसेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमलथापाद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको विपरीथ रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिन्छ ।’

वि.सं.२०७७ वैशाख ९ मंगलवार १३:०३ मा प्रकाशित






























