back

ट्रकबाटै म्याद सकिएका सामग्री बिक्री

वि.सं.२०७३ पुस ६ बुधवार

771 

shares

६ पुस, रुकुम। ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलारुपमा बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

तुल्सीपुरबाट ट्रकमा राखेर ल्याएको म्याद सकिएको सोयाबिनलाई प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरिएको हो । म्याद सकिएको सामान बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा ट्रक चेकजाँच गर्दा १५ बोरा सोयाबिन फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।

दाङको तुल्सीपुरमा रहेको बैस्य स्टोरबाट ट्रकमा राखेर म्याद सकिएको सामान बिक्री वितरण भएको थियो । ट्रकबाट फेला परेको म्याद सकिएको सोयाबिनलाई नष्ट गरिएको छ भने बिक्री गर्ने मानिसलाई भने आवश्यक अनुसन्धान पछि छोडिएको प्रहरीको भनाइ छ । फेला परेको म्याद सकिएको सामानको बजार मूल्य करिब रु २२ हजार बराबरको रहेको छ ।

ट्रकमा सोयाबिनका साथै अन्य सामान पनि रहेको थियो । तर अरु सबै सामानको म्याद बाँकि रहेको प्रहरी नायब उपरीक्षक जिसीको भनाइ रहेको छ ।

रुकुम उद्योग वाणिज्य सङ्घले कालोबजारी र म्याद सकिएका सामानको बिक्री हुनसक्ने भएकाले खुलारुपमा सामान बिक्री वितरण गर्न नदिने निर्णय गरेको छ । उसले जिल्लाभित्र खुद्रा पसल सञ्चालन गर्नेलाई डिलरबाट मात्र सामान दिने निर्णय गरेपनि ट्रकमा राखेर केही सस्तोमा यस्ता म्याद सकिएका सामानको बिक्री हुने गरेको छ । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ०३:५८ मा प्रकाशित

Himalayan Life AD
दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको...