back
CTIZAN AD

ट्रकबाटै म्याद सकिएका सामग्री बिक्री

वि.सं.२०७३ पुस ६ बुधवार

930 

shares

६ पुस, रुकुम। ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलारुपमा बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

तुल्सीपुरबाट ट्रकमा राखेर ल्याएको म्याद सकिएको सोयाबिनलाई प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरिएको हो । म्याद सकिएको सामान बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा ट्रक चेकजाँच गर्दा १५ बोरा सोयाबिन फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।

दाङको तुल्सीपुरमा रहेको बैस्य स्टोरबाट ट्रकमा राखेर म्याद सकिएको सामान बिक्री वितरण भएको थियो । ट्रकबाट फेला परेको म्याद सकिएको सोयाबिनलाई नष्ट गरिएको छ भने बिक्री गर्ने मानिसलाई भने आवश्यक अनुसन्धान पछि छोडिएको प्रहरीको भनाइ छ । फेला परेको म्याद सकिएको सामानको बजार मूल्य करिब रु २२ हजार बराबरको रहेको छ ।

ट्रकमा सोयाबिनका साथै अन्य सामान पनि रहेको थियो । तर अरु सबै सामानको म्याद बाँकि रहेको प्रहरी नायब उपरीक्षक जिसीको भनाइ रहेको छ ।

रुकुम उद्योग वाणिज्य सङ्घले कालोबजारी र म्याद सकिएका सामानको बिक्री हुनसक्ने भएकाले खुलारुपमा सामान बिक्री वितरण गर्न नदिने निर्णय गरेको छ । उसले जिल्लाभित्र खुद्रा पसल सञ्चालन गर्नेलाई डिलरबाट मात्र सामान दिने निर्णय गरेपनि ट्रकमा राखेर केही सस्तोमा यस्ता म्याद सकिएका सामानको बिक्री हुने गरेको छ । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ०३:५८ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...