back
CTIZAN AD

भौतिक रुपमा सुविधा सम्पन्न बन्दै गुप्तेश्वर क्याम्पस

वि.सं.२०७३ पुस ६ बुधवार

1.2K 

shares

६पुस,पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पछिल्लो समय भौतिक रुपमा सुविधा सम्पन्न हुने भएको छ ।

“प्राकृतिक स्रोतको आम्दानी शैक्षिक विकासमा लगानी” भन्ने मुख्य लक्ष्यका साथ २०६४ सालदेखि सञ्चालित सो क्याम्पसमा अहिले रु पाँच करोड ७६ लाखको लागतमा दुईवटा पक्की भवन निर्माण भइरहेका छन् ।

विश्वविद्यालय अनुदान आयोगको रु. ३५ लाख र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु ४१ लाख गरी कूल रु. ७६ लाखको लागतमा दुई तल्ले १० कोठे भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

जिल्ला विकास समिति कास्कीको प्राविधक एवम् भारतीय राजदूतावासको रु पाँच करोड आर्थिक सहयोगमा दुई तल्ले २१ कोठे भवन निर्माण भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलक आचार्यले जानकारी दिनुभयो ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिले पर्यटकीय क्षेत्र पातले छाँगो (डेभिजफल) नजिक खरिद गरी क्याम्पसलाई हस्तान्तरण गरेको करिब ६ रोपनी जग्गामा एकै पटक २९ वटा कोठेका दुई वटा सुविधा सम्पन्न भवन निर्माण भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो – “क्याम्पस भौतिक रुपमा सम्पन्न हुँदै गए पनि गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी भर्नादर वृद्धि गर्नु अहिलेको चुनौती रहेको छ ।”

सञ्चालक समितिका अध्यक्ष आचार्यकाअनुसार यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, वुद्धिजीवी एवम् विभिन्न सरोकारवालाको सामूहिक प्रयासबाट २०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको सो क्याम्पस निकट भविष्यमा आप्mनै भवनमा सर्ने तयारीमा जुटेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवर्षे बिबिएस तर्पm वित्त शास्त्र, लेखाशास्त्र र बजार शास्त्र विषय तथा शिक्षाशास्त्र सङ्कायका चार वर्षे स्नातक तहमा वीएडतर्पm अङ्ग्रेजी र नेपाली शिक्षा मूल विषयमा पठनपाठन भइरहेको निमित्त क्याम्पस प्रमुख मनोरञ्जन शर्मा बताउनुहुन्छ

उहाँले क्याम्पसको विभिन्न सङ्कायतर्पm कुल दुई सय ९२ जना अध्ययनरत विद्यार्थीमध्ये ७५ प्रतिशत छोरीबुहारी रहेको जानकारी दिनुभयो ।

क्याम्पस सञ्चालनका लागि हालसम्म जग्गाबाहेक भवन निर्माण र प्रशासनिक खर्चमा मात्र रु पाँच करोड भन्दा बढी लगानी भइसकेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार क्याम्पस स्थापना कालदेखि विद्यार्थीबाट उठेको रकम बाहेका सम्पूर्ण खर्च गुफाले बेहोर्दै आएको छ भने यसवर्ष क्याम्पस सञ्चानार्थ रु. ५० लाख प्रदान गरिएको हो ।

क्याम्पसमा विद्यार्थीलाई आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोग एवम् झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु. १५ लाख ६७ हजार ४०५ रुपैयाँको लागतमा ३९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको इन्जिनियर पदम गुरुङले जानकारी दिनुभयो ।

क्याम्पसले विभिन्न सङ्कायमा नियमित रुपमा अध्ययनरत जेहेन्दार, दलित, जनजाति तथा आर्थिक रुपमा विपन्न विद्यार्थीका लागि छात्रवृित्तको समेत व्यवस्था गरिएको जानकारी दिँदै उहाँले यसवर्ष ४३ जना विद्यार्थीलाई रु. दुई लाख दुई हजार ५०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ भन्नुभयो ।

क्याम्पसमा हाल विभिन्न विषयका ११ जना पूर्णकालीन र छ जना आंशिक प्राध्यापक र पाँचजना कर्मचारी कार्यरत छन् । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ०८:४२ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...