१६ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।
२०७७ वैशाख १६ (सन् २०२० अप्रिल २८) बिहान ८.३० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३०,६५,५२५ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २११,६१२ पुगेको छ । एकैदिन ७०७९१ जना नयाँ संक्रमित थपिएका छन् भने ४६२२ जनाको मृत्यु भएको छ । संक्रमित र मृत्यु संख्या अघिल्लो दिनको तुलनामा बढेको हो ।
निको भएर घर फर्किएकाहरु संख्याका ९२२,३८९ छ भने उपचाररत हालको बिरामीको संख्या १,९३१,५२४ रहेको छ । जसमध्य १,८७५,२२४ को अवस्था मध्यम छ भने ५६,३०० को स्थिति गम्भिर रहेको छ । बिरामी मध्ये ३ प्रतिशतको अवस्था गम्भिर रहेको छ ।
पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८१ प्रतिशत सन्चो हुने गरेका छन् भने १९ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।
वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १०,१०,५०७ पुगेको छ भने ५६,८०३ को मृत्यु भएको छ । एकै दिन २३३४७ नयाँ संक्रमित थपिएका छन् भने १३५७ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित थोरै घटेको छ भने मृत्यु संख्या थोरै बढेको हो ।
मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १९९,४१४ रहेको छ भने मृत्यु हुनेको संख्या २६,९७७ जना रहेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(५६,८०३) इटाली दोस्रो(२६,९७७), स्पेन तेसो(२३,५२१), फ्रान्स चौंथो(२३,२९३), बेलायत पाचौँ(२१,०९२), बेल्जियम छैठौं(७,२०७), इरान सातौँ(५,८०६), जर्मनी आठौँ(६,१२६) र चीन नवौँ (४,६३३) क्षति व्यहोर्ने देशमा छन् ।
नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा संक्रमित थपिएका छैनन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या ५२ रहेको छ भने १६ जना निको भएर फर्किएका छन् । सोमबार सम्म १०,४७१ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।
चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।
कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन आज सकिँदै गर्दा हिजोको मन्त्री परिषद्को बैठकले पुन १० दिन थप गरी वैशाख २५ गतेसम्म पु¥याइएको छ ।
अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । २९,४५१ जना संक्रमित रहेको र ९३९ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र १५५७ जना नयाँ संक्रमित थपिएका छन् भने भने ५८ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ ।
यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :
Country, Other |
Total Cases |
New Cases |
Total Deaths |
New Deaths |
Total Recovered |
Active Cases |
Serious, Critical |
Tot Cases/ 1M pop |
Deaths/ 1M pop |
Total Tests |
Tests/ 1M pop |
---|---|---|---|---|---|---|---|---|---|---|---|
World | 3,065,525 | +2,517 | 211,612 | +165 | 922,389 | 1,931,524 | 56,300 | 393 | 27.1 | ||
USA | 1,010,507 | +151 | 56,803 | +6 | 138,990 | 814,714 | 14,186 | 3,053 | 172 | 5,696,928 | 17,211 |
Spain | 229,422 | 23,521 | 120,832 | 85,069 | 7,764 | 4,907 | 503 | 1,345,560 | 28,779 | ||
Italy | 199,414 | 26,977 | 66,624 | 105,813 | 1,956 | 3,298 | 446 | 1,789,662 | 29,600 | ||
France | 165,842 | 23,293 | 45,513 | 97,036 | 4,608 | 2,541 | 357 | 463,662 | 7,103 | ||
Germany | 158,758 | 6,126 | 114,500 | 38,132 | 2,409 | 1,895 | 73 | 2,072,669 | 24,738 | ||
UK | 157,149 | 21,092 | N/A | 135,713 | 1,559 | 2,315 | 311 | 719,910 | 10,605 | ||
Turkey | 112,261 | 2,900 | 33,791 | 75,570 | 1,736 | 1,331 | 34 | 918,885 | 10,895 | ||
Iran | 91,472 | 5,806 | 70,933 | 14,733 | 3,011 | 1,089 | 69 | 432,329 | 5,147 | ||
Russia | 87,147 | 794 | 7,346 | 79,007 | 2,300 | 597 | 5 | 3,019,434 | 20,690 | ||
China | 82,836 | +6 | 4,633 | 77,555 | 648 | 50 | 58 | 3 | |||
Brazil | 67,446 | +945 | 4,603 | +60 | 31,142 | 31,701 | 8,318 | 317 | 22 | 339,552 | 1,597 |
Canada | 48,500 | 2,707 | 18,268 | 27,525 | 557 | 1,285 | 72 | 733,705 | 19,440 | ||
Belgium | 46,687 | 7,207 | 10,878 | 28,602 | 903 | 4,028 | 622 | 214,042 | 18,468 | ||
Netherlands | 38,245 | 4,518 | N/A | 33,477 | 905 | 2,232 | 264 | 193,950 | 11,319 | ||
India | 29,451 | 939 | 7,137 | 21,375 | 21 | 0.7 | 665,819 | 482 | |||
Switzerland | 29,164 | 1,665 | 22,200 | 5,299 |
वि.सं.२०७७ वैशाख १६ मंगलवार ०८:५९ मा प्रकाशित