back
CTIZAN AD

कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटेकी चिकित्सकद्धारा आत्महत्या

वि.सं.२०७७ वैशाख १६ मंगलवार

837 

shares

२८ अप्रिल । कोरोनाको इपिसेन्टर मानिएको न्यूयोर्कमा भाइरस संक्रमितहरुको उपचारमा अग्रपंक्तिमा क्रियाशिल एक चिकित्सक डा लोर्ना एम व्रिमले भर्जिनियामा आत्महत्या गरेकी छिन् । उनी न्यूयोर्कको प्रेस्वेटरियन अस्पतालको आकस्मिक कक्षमा कार्यरत रहेको उनको परिवारले जानकारी दिएको छ ।

संक्रमितहरुको उपचारमा खटिने क्रममा नै आफु पनि संक्रमित बन्न पुगेकी चिकित्सक व्रिमले भर्जिनियामा आफ्ना अभिभावकको घरमा पुगेर आत्महत्या गरेकी हुन् । उनले आफ्ना अभिभावकहरुसँग अस्पतालमा कति दर्दनाक दृश्यहरु भोग्नुपर्छ भन्ने विषयमा जानकारी समेत गराएकी थिइन । आफुलाई कोरोना संक्रमण भएपनि उनले डेढ हप्तामा नौ काममा फर्कनु परेको थियो । उनलाई फेरी अस्पतालले घर पठाएपछि न्यूयोर्क छाडेर भर्जिनियामा वुवाआमाको घरमा आराम गर्दै थिइन । उनले आत्महत्याको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरीले अस्पताल पुर्याएपनि बचाउन भने सकेनन् ।

उनले आफ्नो जागिर धेरै कुशलतापूर्वक निर्वाह गर्न खोजिन् जसले उनलाई मृत्युको मुखमा लग्यो, उनका ७१ वर्षीय वुवा फिलिप व्रिनले भनेका छन् । उनका बुबाका अनुसार स्वर्गीय व्रिममा कुनै पनि खालको मानसिक समस्या थिएन ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०९:१७ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...