१६ वैशाख, काठमाडौं । आफ्नो गल्तिका कारण भाटभटेनी सुपरमार्केटलाई कार्बाही भएकोमा काष्टमण्डप खाद्य उद्योग प्रा.ली.ले क्षमायाचना गरेको छ ।

सोमबार बाणीज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले बढी मूल्य लिएको भन्दै टंगाल स्थित भाटभटेनी सूपर मार्केटलाई तीन लाख जरिवाना गरेको थियो ।
घटना बिबरण अनुसार काष्टमण्डप खाद्य उद्योगले भाटभटेनीलाई खाद्यसामाग्रीहरु आपूर्ती गराउने गरेको थियो । त्यसमा मूल्य र बारकोड भाटभटेनी आफैले राख्ने गरेको तर बन्दाबन्दी सुरु भए पछि भने काष्टमण्डप आफैंले मूल्यर बारकोड राख्न सुरु गरेकोमा भुलबस २५० ग्राम र ५०० ग्रामको लखामारीमा एउटै मूल्य पर्न गएकोले भाट भटेनीलाई बिभागले कार्बाहि गर्ने अबस्था सृजना भएको भन्दै क्षमायाचना गरेको छ ।
यस बिषयमा भाटभटेनीले हिजो नै प्रस्ट पारिसकेको थियो ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १८:०० मा प्रकाशित






























