back
CTIZAN AD

सरोकारवालाहरुसंग नाडाको ६ बुँदे माग

वि.सं.२०७७ वैशाख १८ बिहीवार

1.9K 

shares

१८ वैशाख काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहमारीका कारणले अटोमोबाईल लगायतका अधिकांश व्यवसायहरु बन्द रहेको भन्दै ६ बुदें माग सर्बजनिक गरेको छ । सरकारले देश व्यापी रुपमा जारी राखेको लक डाउन केही खुकुलो बनाउनु पर्ने उसले बताएको छ ।

कोरोना भाइरसको ठूलो चुनौती हुंदा हुंदै पनि आज केही युरोपेली मुलुकहरुले आम जनताको दैनिकी र आफनो अर्थतन्त्रलाई केही चलायमान बनाउन लक डाउनलाई केहि खुकुलो बनाउदै लगेकाले नेपालले पनि यस्तै नीति अवलम्बन गर्नु पर्ने वाध्यात्मक अवस्था देखिएको नाडाद्वार जारी गरीएको बिज्ञप्तिमा जनाईएको छ ।

लकडाउन पछि व्यवसायीहरुलाई निम्न सुबिधाहरुदिनको लागि नाडाले अपिल गरेको छ

१. अटोमोवाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनु पर्ने तलवका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरे अनुसार लक डाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनु पर्ने । त्यसैगरी श्रमिकलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीन ओटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने । लकडाउनको अवधि थप लम्बिदै गएको अवस्थामा स्थितिको मूल्याङ्कनगरी पारिश्रमिक भुक्तानी स्थगित गर्नु उपयुक्त हुने ।

२. भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयस पार्टस लगायतका बस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हुनु पर्ने । त्यसैगरी भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिशत मिनाहा हुनु पर्ने ।

३ नेपाल राष्ट्र बैङ्कको हालै प्रकाशित निर्देशन अनुसार २ प्रतिशत बैङ्कको व्याज घटाउने निर्णय सकारात्मक र उत्साहजनक छ । यसै सन्दर्भमा बैङ्कहरुले पनि यो उत्तरदायित्व बुझेर आ—आफनोतर्फबाट पनि केही छुटको घोषणा गर्नु पर्दछ । र साथै व्यवसायको संरक्षणका लागि बैङ्क व्याजको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप गरिनु पर्ने ।

४ ख्ब्त् को रकम २०७७ बैशाख २५ गतेसम्ब बुझाउनु पर्ने व्यवस्थालाई २०७७ साल जेठ २५ गतेसम्म पु¥याउनु पर्ने ।

५. देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन अव २०७७ बैशाख २६ गते देखि व्यापार व्यवसाय र उद्योगक्षेत्रलाई शुरक्षित बनाउदै आफनो व्यापार व्यवसाय सञ्चालनको लागि लकडाउन खोल्नु पर्नेछ । अव पनि लक डाउन अवधि थपिएमा उद्योगी तथा व्यवसायीहरु धरासायी हुने छन् ।

६. लक डाउन खुले पछि नाडाले आफनो व्यापार व्यवसाय सञ्चालनका लागि शुरक्षित भएर क्यअष्ब िम्ष्कतबलअभ न्गष्मभष्लिभ लाई अवलम्बन गर्न आफना सदस्य कम्पनीहरुलाई जानकारी गराउने उद्धेश्यले शुरक्षा अवधारणा बनाएर अघि बढने छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १०:२६ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...