back

सरोकारवालाहरुसंग नाडाको ६ बुँदे माग

वि.सं.२०७७ वैशाख १८ बिहीवार

222 

shares
NTC AD
Global IME AD

१८ वैशाख काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहमारीका कारणले अटोमोबाईल लगायतका अधिकांश व्यवसायहरु बन्द रहेको भन्दै ६ बुदें माग सर्बजनिक गरेको छ । सरकारले देश व्यापी रुपमा जारी राखेको लक डाउन केही खुकुलो बनाउनु पर्ने उसले बताएको छ ।

कोरोना भाइरसको ठूलो चुनौती हुंदा हुंदै पनि आज केही युरोपेली मुलुकहरुले आम जनताको दैनिकी र आफनो अर्थतन्त्रलाई केही चलायमान बनाउन लक डाउनलाई केहि खुकुलो बनाउदै लगेकाले नेपालले पनि यस्तै नीति अवलम्बन गर्नु पर्ने वाध्यात्मक अवस्था देखिएको नाडाद्वार जारी गरीएको बिज्ञप्तिमा जनाईएको छ ।

लकडाउन पछि व्यवसायीहरुलाई निम्न सुबिधाहरुदिनको लागि नाडाले अपिल गरेको छ

१. अटोमोवाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनु पर्ने तलवका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरे अनुसार लक डाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनु पर्ने । त्यसैगरी श्रमिकलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीन ओटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने । लकडाउनको अवधि थप लम्बिदै गएको अवस्थामा स्थितिको मूल्याङ्कनगरी पारिश्रमिक भुक्तानी स्थगित गर्नु उपयुक्त हुने ।

२. भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयस पार्टस लगायतका बस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हुनु पर्ने । त्यसैगरी भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिशत मिनाहा हुनु पर्ने ।

३ नेपाल राष्ट्र बैङ्कको हालै प्रकाशित निर्देशन अनुसार २ प्रतिशत बैङ्कको व्याज घटाउने निर्णय सकारात्मक र उत्साहजनक छ । यसै सन्दर्भमा बैङ्कहरुले पनि यो उत्तरदायित्व बुझेर आ—आफनोतर्फबाट पनि केही छुटको घोषणा गर्नु पर्दछ । र साथै व्यवसायको संरक्षणका लागि बैङ्क व्याजको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप गरिनु पर्ने ।

४ ख्ब्त् को रकम २०७७ बैशाख २५ गतेसम्ब बुझाउनु पर्ने व्यवस्थालाई २०७७ साल जेठ २५ गतेसम्म पु¥याउनु पर्ने ।

५. देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन अव २०७७ बैशाख २६ गते देखि व्यापार व्यवसाय र उद्योगक्षेत्रलाई शुरक्षित बनाउदै आफनो व्यापार व्यवसाय सञ्चालनको लागि लकडाउन खोल्नु पर्नेछ । अव पनि लक डाउन अवधि थपिएमा उद्योगी तथा व्यवसायीहरु धरासायी हुने छन् ।

६. लक डाउन खुले पछि नाडाले आफनो व्यापार व्यवसाय सञ्चालनका लागि शुरक्षित भएर क्यअष्ब िम्ष्कतबलअभ न्गष्मभष्लिभ लाई अवलम्बन गर्न आफना सदस्य कम्पनीहरुलाई जानकारी गराउने उद्धेश्यले शुरक्षा अवधारणा बनाएर अघि बढने छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १०:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको...

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

  काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...