back
CTIZAN AD

जिपी कोइराला फाउण्डेसनका नेतृत्व र तीन कोइराला नेताबीच भिडीयो कल वार्ता

वि.सं.२०७७ वैशाख १८ बिहीवार

1.1K 

shares

गिरिजा प्रसाद (जिपी)कोइराला फाउण्डेसन अमेरिकाले नेपाली काँग्रेसका तीन कोइराला नेतासँग अनलाइन छलफल गरेको छ । गिरिजा प्रसाद (जिपी)कोइराला फाउण्डेसन अमेरिकाको आयोजनामा भएको सो छलफल राष्ट्रिय– अन्तराष्ट्रीय गिरिजाप्रसाद कोइरालासँग आबद्व भएका सबै संयोजक एवम् सल्लाहकार र एनआरएनएमा आबद्ध व्यक्तिहरु आमन्त्रण गर्दै कोभीड– १९ को महामारीमा नेपाल सरकारको तयारी, कोरोना कहरको महामारीपछिको अर्थ व्यवस्था र नेपाली काँग्रेसको भूमिका अनि भविष्य बिषयमा छलफल गर्न जुम (Zoom)  भिडियो कलमार्फत बहस गरिएको आयोजक संस्थाका अध्यक्ष सोमनाथ घिमीरेले जानकारी दिए ।

छलफल कार्यक्रम अप्रील २८ का दिन न्युयार्कको समय अनुसार बेलुका ११ः१५ बाट सुरु भएर बिहान १ बजे समापन भएको थियो । वहस कार्यक्रममा ५६ व्यक्तिहरुको उपस्थिति रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

उक्त बहस कार्यक्रमको प्रमुख आतिथ्यता पुर्व उपप्रधानमन्त्री एवम गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले गरेकी थिइन भने विशिष्ट अतिथिमा ससंद एवम् नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइराला र काग्रेंस केन्द्रीय सदस्य डा शेखर कोइराला रहेका थिए ।

जिपि कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सञ्चालन रहेको सो कार्यक्रमको प्रत्यक्ष वहसमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद डा शसाकं कोइरालाले कोभिड– १९ को महामारीमा विश्वभर रहेका नेपालीहरुलाई सतर्क रहदै स्वस्थ रहन आग्रह गरे । महामन्त्री कोइरालाले नेपाली काग्रेंसको १४ औँ अधिवेशनवाट नयाँ नेत्रीत्व आउने दावी गर्दै नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्छ, भने । उनले यस कोभीड– १९ ले हामी सबैलाई ठुलो चुनौतीसँगै एउटा ठुलो अवसर पनि दिएको भन्दै अब हामीलाई नयाँ सोच र विचार को बहस गराउन बाध्य गराएको धारणा राखेका थिए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता डा शेखर कोइरालाले नेपाल सरकार कोभिड– १९ रोक्न कुनै स्पष्ट कार्यक्रमको योजना नल्याएको र यस महामारी पछिको देशको अवस्थालाई सरकारले मुल्याङकन गर्न चुकेको बताए । कोइरालाले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढदै पार्टीको १४ औँ अधिवेशन २१ औँ शताब्दीको हाई टेक्नोलोजि प्रयोग गर्दै समयमै गर्नुपर्ने धारणा राखे। उनले काग्रेस अब पनि नसुध्रीए पार्टीलाई ठूलो घाटा हुने भन्दै सबैलाई सत्यको वाटोमा यात्रा गर्न आग्रह गरे ।

प्रमुख वक्त रहेकी कांग्रेसकी केन्द्रिय सदस्य, पूर्व उपप्रधान मन्त्री एवम् गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले फाउण्डेशनमार्फत देशैभर विकास निर्माणको बाटो अवलम्बन गरेर नेपाली कॉंग्रेसको संगठन मज़बूत बनाउनु पर्ने विचार व्यक्त गरे । सार्वजनिक स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउदै सबै जनताहरुलाई सरल र सुलभ स्वास्थ्य बिमा गर्नुपर्ने, सरकारी विद्यालयहरुमा कप्युटर र ईन्टरनेटको सुविधा सबै विधार्थीहरुले पाउनु पर्ने धारणा व्यक्त गरिन ।

यस फाउण्डेशनले देशमा प्रजातन्त्र मजवुत गर्दै शान्ति र विकास का लागि कार्यहरु गर्दै जाने विश्वास व्यक्त गरिन् । उनले सबैजनालाई स्वस्थ र सुरक्षित रहन आग्रह पनि गरिन् ।

जुम वहसमा अमेरिका लगायत विश्वभर रहेका गिरिजा प्रसाद कोइराला फाउण्डेशनसगं आबद्व संयोजक र सल्लाहकारहरु तथा एनआरएनमा रहेका नेताहरुको उपस्थिति रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन क्यानडाका अध्यक्ष तुल्सी पौडेल र सल्लाहकार डा बिनोद पगेनी, मकाउकी अध्यक्ष निर्मला थापा मगर, दक्षिण कोरियाका अध्यक्ष डा अग्नि कोइराला, ओसेनियाका अध्यक्ष रमेश छत्कुली, तासमानियाका अध्यक्ष नवराज मुडवरी र एडेलेडका अध्यक्ष दिलीपकुमार पोख्रेल, जापानका अध्यक्ष कुमार कार्की, युरोपका सल्लाहकार डा शिवाजी श्रेष्ठ, अमेरिकाका सल्लाहकार मोहन सिंह (वरिष्ठ सस्थांपक सदस्य जनसम्पर्क समिति, वीपीवावुसगं, बम्बे, भारत), न्युजिल्याण्डका सल्लाहकार बुद्वी सागर घिमिरे, प्रदेश ३ संयोजक रीता खनालले आ–आाफ्नो मन्तव्य राखेका थिए ।

मन्तव्य कै क्रममा नेजससअका पुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेल, एनआरएन अमेरिका पुर्वसिनियर उपाध्यक्ष कृष्ण पोख्रेल, एनआरएन संयुक्त राज्यका नेता आर.के त्रीपाठी, लायन्स क्लब नेपालका गोभरनर राजन खत्री, प्रोफेसर डा. केशव भट्टराई, पुर्वनेवि सघं केन्द्रीय सदस्य ज्ञानल थापाहरुले पनि आफ्नो मन्तव्य राखेका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, मनार्थ सदस्यहरु देशराज संयोग, कृष्णराज गीरी र भरत अर्याल, केन्द्रीय सदस्य बिनोद थापा, सुर्य सिमखडाका साथै क्यानडावाट उपाध्यक्ष निरन्जन थापा, महासचिव विद्याभुषण कार्की, सचिव उज्जल गौतम, प्रवक्ता रामकृष्ण रेग्मी, केन्द्रीय सदस्य प्रमेस गुप्ता, दक्षिण कोरीयाका महासचिव किशोर कोइराला, नेपाल ट्रेड युनियन काग्रेंसका शसक्त नेता टी.पी. खनाल, नेवि सघं पुर्व महामन्त्री डा यादव पण्डीत, ने. का. नेता विनोद भट्ट, ने.का. नेता नारायण खनाल(क्यालिफोर्नीया, एनआरएन अमेरिकाज क्षेत्रका डीआरसी. राम सी. पोख्रेल, नेका नेता ज्ञानेन्द्र कार्की(टेक्सस, नेवि सघं अमेरिकाका पुर्व सभापति प्रभात सापकोटा, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अन्नत राज सुवेदीहरुको पनि सहभागिता रहेको थियो। युरोपकी संयोजक सीता सापकोटाले टाईम जोन नमीलेकाले उपस्थित हुन नसकेको जानकारी गराइन् ।

अध्यक्ष सोमनाथ घिमिरेले गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले कोभिड– १९ को महामारीको चपेटामा परेका न्यूयार्कका नेपालीहरुलाई फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्दै सेवा नै धर्म हो भन्ने मुल नारा का साथ फाउण्डेशन अघि बढीरहेको बताए ।

कार्यक्रमको अन्त्यमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार ०९:५८ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...