back
CTIZAN AD

यस्ता कार्यकर्ता होउन्जेल प्रधानमन्त्रीलाई सुध्रिनुपर्ने के नै छ र !

वि.सं.२०७७ वैशाख १८ बिहीवार

681 

shares

अहिले बालुवाटारमा हुने बैठक आर्थिक समृद्धिका लागि होइन, बामदेवलाई प्रधानमन्त्री कसरी बनाउने भनेर हुन्छ । समाचारका पाना होउन् या कार्यकर्ताका फेसबुक पेज मजदुरको आँसू र पसिनाले होइन, भागबण्डा र घोचपेचले भरिएको छ । लकडाउन बढाउने कि नबढाउने भनेर एकपल्ट मन्त्रिपरिषदको बैठक बस्छ, त्यत्ति हो ।

ओलीकै अनुहार हेरेर जनताले बहुमत दिएका हुन् भन्ने तर्क सत्य हो । तर यो बहुमत दुई वर्षभित्रै बेजिंग– काठमाडौं चल्ने चुच्चे रेलका लागि हो । दुई वर्षभित्र घरघरमा पाइपबाट आउने ग्यासका लागि हो । दुई वर्षभित्र उत्तरतिर सातवटा नाका खोल्नका लागि हो । दुई वर्षभित्र हावाबाट बिजुली निकाल्ने र स्याटेलाइटबाट बेचेर धनी बन्नका लागि हो । दुई वर्षभित्र सात वटा स्मार्ट सिटी बनाउन र देशभर विद्युतीय बस चलाउने भाषणका लागि हो । यो बहुमत एकता, स्थायित्व, विकास र समृद्धिका लागि हो । अलिकति बढ़ी नाकाबन्दीको विरोधका लागि हो ।

तर भयो के ? प्रचण्ड बहुमत हुँदाहुँदै नाकाबन्दी मैले नै गरेको हो भन्ने उपेन्द्र यादव उपप्रधानमन्त्री बने । यो जनमतको गालामा पहिलो झापड़ थियो । चीन र भारतसँग सम्बन्ध सुमधुर राख्नु जरूरी छ तर धेरै अघि बढेर मोदीको ‘नागरिक अभिनन्दन’ जरूरी थिएन । त्यो पनि नाकाबन्दीको पीड़ा नसेलाउँदै र भारतले औपचारिक रूपमा नाकाबन्दी स्वीकार नगर्दै । साझा विवेकशीलले आफ्नो पार्टी कार्यालयमा राखेको ुमोदीलाई स्वागत छ ? तर नाकाबन्दी भुलेका छैनौुं भन्ने सामान्य ब्यानर पनि पुलिसले च्यातेर लग्यो । यो स्वतन्त्र र सभ्य देशको गालामा अर्को झापड़ थियो ।

दुई वर्षसम्म ओलीले हरेक भाषणमा पानी जहाजको बखान र पार्टीभित्र(बाहिरका विपक्षीहरूमाथि क्षुद्र गाली गरेर बिताए । टिकट काट्ने मिति तोके । जब मिति आयो, अचानक उनको मुखबाट पानी जहाज गायब भयो । कहिल्यै संसदमा उभिएर देशको माइक्रो इकोनोमी या सामाजिक समस्याका बारेमा तथ्यपूर्ण छलफल गरेनन् । कहिल्यै संसदभित्र उभिएर प्रश्नउत्तर गर्न सकेनन् । एउटा पुरस्कारको लोभमा सिङ्गो राज्यशक्ति प्रयोग भएर होली वाइन कार्यक्रम भयो । लाजमर्दो ढङ्गले देशको प्रधानमन्त्री कार्यक्रम अवधिभर आयोजक र अतिथिसँग होटलमा बसे । देशका सबै जनप्रतिनिधिलाई होली वाइन पिउन उपस्थित हुने परिपत्र गरिएको थियो ।

उनले विष्णु पौडेलदेखि गोकुल बाँस्कोटासम्मलाई छानबिन हुन दिएनन् । वाइडबड़ी काण्डमा संसदीय समितिको निर्देशन लत्याएर अलग्गै छानबिन समिति बनाए तर रिपोर्ट कहिल्यै सार्वजनिक गरेनन् । न निर्मला पन्तले न्याय पाइन् । संस्थागत भ्रष्टाचारले सीमा नाघेको त विपक्षीले होइन, आफ्नै दलका नेताले स्वीकार गरेकै छन् । दुई वर्षको धेरै जसो समय त उनकै स्वास्थ्य र पार्टी एकीकरणकै नाममा बित्यो । र बाँकी समय पनि यति देखि ओम्नीसम्मका काण्डले बिताए ।

अहिले सिङ्गो देश कोरोनाभारससँग लड्दै थियो । जनता लकडाउनमा थिए । लाखौं युवाले वैदेशिक रोजगारी गुमाउन सक्ने देखिएको थियो । रेमिट्यान्स डेढ़ खर्बले घट्ने रिपोर्टहरू आएका थिए । विश्वभर नेपालीहरू विभिन्न कारणले रोकिएर देश फिर्तीको प्रतीक्षामा थिए ।
सबै पक्षलाई साथ लिएर आसन्न आर्थिक, सामाजिक र स्वास्थ्य समस्याबारे बृहत् छलफल र आकास्मिक नीति तय गर्नुपर्ने अवस्थामा उनी थिए । यो नायकत्व पुष्टि गर्ने गतिलो अवसर थियो । तर उनले पहिलो काम चीनबाट राजदूत फिर्ता बोलाए । उनी बिरामी भएर बाहिर आएदेखि मन्त्री पदको लोभ बाँड्दै पार्टी फुटाउने षड्यन्त्रमा व्यस्त पो रहेछन् । यसका लागि उनले देशको संविधान नै परिवर्तन गर्ने र राष्ट्रपति कार्यालयसम्म बदनाम गराउने खेल गरे ।

अहिले बालुवाटारमा हुने बैठक आर्थिक समृद्धिका लागि होइन, बामदेवलाई प्रधानमन्त्री कसरी बनाउने भनेर हुन्छ । समाचारका पाना होउन् या कार्यकर्ताका फेसबुक पेज मजदुरको आँसू र पसिनाले होइन, भागबण्डा र घोचपेचले भरिएको छ । लकडाउन बढाउने कि नबढाउने भनेर एकपल्ट मन्त्रिपरिषदको बैठक बस्छ, त्यत्ति हो ।

तोकिएको समयमा पानी जहाज आएन, किन आएन भन्ने बताउनु या माफी माग्नु उनलाई जरूरी लाग्दैन । पाइपमा ग्यास या चुच्चे रेलको प्रगति जनतालाई बताउन भनेर कुनै पत्रकार सम्मेलन भएको छैन । अहिले देश नै ठप्प हुने गरी अध्यादेश प्रकरणमा उनी उत्तानो परे । तर पनि नम्रतापूर्वक गल्ती स्वीकार गर्न उनी सक्दैनन् ।

उसो त सिङ्गो विश्व जनता र अर्थतन्त्र कसरी बचाउने भनेर लागिरहेको यो क्षण लोकतन्त्र, सिङ्गो प्रणाली र जनमतको हदैसम्म अपमान गर्दै वामदेवलाई प्रधानमन्त्री बनाउने विषयमा अल्झिएको हाम्रो बहस देश र जनताकै भलाइका लागि हो भन्ने तर्क गर्ने कार्यकर्ता होउन्जेल उनी सुध्रिनुपर्ने पनि के नै छ र ?

वि.सं.२०७७ वैशाख १८ बिहीवार १७:३६ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...