back
CTIZAN AD

प्रकृतिमाथि धावा बोल्दाको नियति

वि.सं.२०७७ वैशाख १८ बिहीवार

726 

shares

भनिन्छ मानव एक चेतनशिल प्राणी हो र भगवानले मानवलाई उच्च श्रेणीमा राखी ज्ञान, प्रविधि र सीपले भरिपूर्ण बनाउन धेरै ज्ञान आर्जन गर्न सक्ने बनाउनुभएको छ । तर, विधिको विडम्वना भनौ वा पैसा र पावरको दौड, चेतनशील प्राणी सबैभन्दा अचेतनशील र अमर्यादित बन्दै गएको छ ।

शक्तिशाली देशले कमजोर देशलाई हेप्ने र धावा बोल्ने, धनी र बलिया बाङ्गाहरुले निर्धन र कमजोर मानिसहरुलाई बलीको बाख्रो बनाउने होडबाजीले गर्दा आज धेरै अस्त्र, शस्त्र, आणविक हात हतियार र प्रकृति र पृथ्वीविरुद्ध अप्राकृतिक संयन्त्र प्रयोग गर्ने मानव दानवको ताण्डवमा नाचिरहेको छ र आफू सर्वशक्तिमान भएको खोक्रो आडम्बरी पन दर्शाइरहेको छ ।

सूर्यले आफ्नो गति र तापलाई निरन्तर राख्नुभएको छ । हावापानी सदा झै आफ्नै गतिमा चलिरहेका छन् । पृथ्वीमा बिनासकारी मानवहरु आफ्नै घरको झ्यालखानमा थुनिएर बसेको परिप्रेक्ष्यमा वातावरणिय बिनास क्रमिक रुपमा कम भएको छ । चराचुरुङ्गीहरु स्वच्छ वातावरणमा रमाइरहेका छन् । बन्यजन्तुहरु आफ्नो पौष्टिक आहार ब्यहारपछि चैनको नीद सुतिरहेका छन् । जलमा बस्ने माछा र अन्य जन्तुहरु रमाउदै आफ्नै संसारमा नतमस्तक छन् । त्यसैले हेर्दा लाग्छ पृथ्वीमा भएको केही भार पीडा अलि मत्थर भएको छ, मानौ यी मानवहरुलाई भगवानले चेतावनीसमेत दिइरहेका छन् । मानव तिमी सुध्र अब त दानवरुपी क्रियाकलापलाई रोकेर सत्कर्ममा आउ अनि मात्रै तिमिले शान्तिको श्वास फेर्न सक्ने छौ ।

हुन पनि सानो जीवाणुले विश्वलाई हल्लाएको छ । साना ठूला क्षेप्यास्त्रहरुमा खिया लागिसकेको छ । शक्तिशाली देशहरुको शक्ति पनि क्षीण भएको अवस्था छ । शाषक होस् वा रैती, धनी होस् वा गरीव, वृद्ध होस वा तन्नेरी सबैलाई हसोहवास उडाएको छ अनि सबैलाई एकै डुङ्गामा ल्याएर थुपारिदिएको छ ।

त्यसैले त आज कोरोनाको डर र त्राशमा पृथ्वीमा भएका जलचर, थलचर अनि प्रकृतिका सम्बाहक सुर्य,चन्द्र,पृथ्वी ,पशुपंक्षी,बनस्पति सबै यथावत आफ्नै गतिमा छन् तर चलाक र बुद्धिजीवी मानव पिजराको सुगाजस्तो घरमै बन्दी भएर बसेको छ । अब मानव जीवनको पद्धतिमा प्रकृतिको विनास गरेर होईन प्रकृति प्रेमी भएर दया माया र सहानुभूतिका साथ अघि बढ्ने प्रेरणा दिने कि ???

वि.सं.२०७७ वैशाख १८ बिहीवार १८:१३ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...