back

आईएससँगको झडपमा सिरियामा टर्कीका चार सुरक्षाकर्मीको मृत्यु

वि.सं.२०७३ पुस ७ बिहीवार

816 

shares

७ पुस, अङ्कारा । सिरियाको उत्तरी क्षेत्रमा इस्लामिक स्टेटका लडाकुहरूसँग भएको झडपमा परी बुधबार टर्कीका चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

घटनामा परी अन्य १५ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । घाइते भएकाहरूको टर्कीको अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

टर्कीको सेनाले ४० भन्दा बढी आतङ्ककारीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

गत अगस्ट २४ मा टर्कीको सुरक्षा निकायले आईएस लडाकू र सिरियन कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्सका विरुद्धमा कारबाही सुरु गरेको थियो । सिन्ह्वा

वि.सं.२०७३ पुस ७ बिहीवार ०३:३६ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...