back
CTIZAN AD

गाम्बियाका राष्ट्रपतिद्वारा पद त्याग्न फेरी अस्वीकार

वि.सं.२०७३ पुस ७ बिहीवार

1K 

shares

७ पुस, बन्जुल (गाम्बिया) । निर्वाचनमा पराजित भएका गाम्बियाका राष्ट्रपति याहया जम्मेहले पद त्याग गर्न अझै अस्वीकार गर्नुभएको छ ।

गत डिसेम्बर १ तारिखका दिन भएको निर्वाचनमा पराजित भए पनि उहाँले निर्वाचनको मतपरिणाम अस्वीकार गर्दै पद त्याग गर्न अस्वीकार गर्नुभएको हो ।

पश्चिमी अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आउनु भएका जम्मेहलाई उहाँका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गर्नुभएको थियो ।

जम्मेहले निर्वाचन भएको एक हप्तापछि मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको थियो ।

उहाँले मतपरिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाईलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो । राष्ट्रपतिमा नवनिर्वाचित अदाम बार्रोलाई कुनै सर्तविना कुनै ढिला नगरी शक्ति हस्तान्तरण गर्न पनि सुरक्षा परिषद्ले आग्रह गरेको थियो ।

राष्ट्रसङ्घका महासचिव बान की मुनका प्रवक्ताले पनि वक्तव्य जारी गरी कानुनी प्रक्रियालाई स्थापित गर्न आह्वान गर्नुभएको थियो । गाम्बियाका जनताले निर्वाचनमार्फत व्यक्त गरेको चाहनालाई सम्मान गर्न पनि मुनले आग्रह गर्नुभएको वक्तव्यमा भनिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबहरू पर्दा पनि जम्मेहले अहिलेसम्म पनि मतपरिणाम अस्वीकार गर्दै पदत्याग गर्न अटेर गर्नुभएको छ ।

अहिले राष्ट्रपतिमा पराजित हुनु भएका जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हाल्नु भएको थियो । गाम्बिया २० लाखभन्दा कम जनसङ्ख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो । एएफपी

वि.सं.२०७३ पुस ७ बिहीवार ०३:३६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...