back

गाम्बियाका राष्ट्रपतिद्वारा पद त्याग्न फेरी अस्वीकार

वि.सं.२०७३ पुस ७ बिहीवार

651 

shares
IME Limited
NTC AD

७ पुस, बन्जुल (गाम्बिया) । निर्वाचनमा पराजित भएका गाम्बियाका राष्ट्रपति याहया जम्मेहले पद त्याग गर्न अझै अस्वीकार गर्नुभएको छ ।

गत डिसेम्बर १ तारिखका दिन भएको निर्वाचनमा पराजित भए पनि उहाँले निर्वाचनको मतपरिणाम अस्वीकार गर्दै पद त्याग गर्न अस्वीकार गर्नुभएको हो ।

पश्चिमी अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आउनु भएका जम्मेहलाई उहाँका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गर्नुभएको थियो ।

जम्मेहले निर्वाचन भएको एक हप्तापछि मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको थियो ।

उहाँले मतपरिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाईलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो । राष्ट्रपतिमा नवनिर्वाचित अदाम बार्रोलाई कुनै सर्तविना कुनै ढिला नगरी शक्ति हस्तान्तरण गर्न पनि सुरक्षा परिषद्ले आग्रह गरेको थियो ।

राष्ट्रसङ्घका महासचिव बान की मुनका प्रवक्ताले पनि वक्तव्य जारी गरी कानुनी प्रक्रियालाई स्थापित गर्न आह्वान गर्नुभएको थियो । गाम्बियाका जनताले निर्वाचनमार्फत व्यक्त गरेको चाहनालाई सम्मान गर्न पनि मुनले आग्रह गर्नुभएको वक्तव्यमा भनिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबहरू पर्दा पनि जम्मेहले अहिलेसम्म पनि मतपरिणाम अस्वीकार गर्दै पदत्याग गर्न अटेर गर्नुभएको छ ।

अहिले राष्ट्रपतिमा पराजित हुनु भएका जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हाल्नु भएको थियो । गाम्बिया २० लाखभन्दा कम जनसङ्ख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो । एएफपी

वि.सं.२०७३ पुस ७ बिहीवार ०३:३६ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...