back
CTIZAN AD

सुरक्षा कारबाहीमा अफगानमा चौवालिस आतङ्ककारी मारिए

वि.सं.२०७३ पुस ७ बिहीवार

1K 

shares

७ पुस, काबुल । अफगान सेना, प्रहरी र गुप्तचर निकायको अधिकारीको सहभागीतामा तालिवानी आतङ्ककारीविरुद्ध गरेको कारबाहीका क्रममा करिब ४४ आतङ्ककारी मारिएका छन् ।

गत २४ घण्टाभित्र तालिवान आतङ्ककारी लुकेर बसेका इलाका लक्षित यस कारबाहीमा ४४ आतङ्ककारी मारिएको अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तनको ३४ वटा प्रान्तमध्ये नौ वटा प्रान्तमा गरिएको यस कारबाहीको क्रममा अन्य ४३ जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् ।

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लसकार घामा गरिएको संयुक्त कारबाहीका १९ तालिवान आतङ्ककारी मारिनुका साथै अन्य १५ घाइते भएका थिए ।

त्यसैगरी उरुज्गान प्रान्तमा भएको सैनिक कारबाहीको क्रममा १० आतङ्ककारी मारिनुका साथै अन्य १२ जना घाइते भएका थिए । अफगान सरकारसँग लडाई गरिरेहका तालिवान आतङ्ककारी समूहले यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । सिन्ह्वा

वि.सं.२०७३ पुस ७ बिहीवार ०३:३७ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...