back
CTIZAN AD

के नेपाल ठूलो राजनितिक परिवर्तनको चरणमा प्रवेश गर्न लागेकै हो त?

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

684 

shares

भारतसँगको हजारौ किलोमीटरको खुला सिमाना भएको कारणले जबसम्म भारतमा lockdown हुन्छ तबसम्म हामी अहिले भन्दा अलिकती अप्ठ्यारोमा मात्र परौला तर जब भारतमा  lockdown ओपेन हुन्छ तब त्यसको प्रत्यक्ष असर हामीलाई पर्ने निस्चित छ र हामी पछ्याउने बाटो कुन हुन्छ ? चीनको या फेरि भारत को ! कोरोनाबाट हामी बच्न निश्चयनै कडा मार्ग अपनाउनु पर्ने हुनसक्छ । अहिले जति कुर्सीको लडाइँमा लागे पनि त्यतिबेला सबै मिलि एकजुट भएर अलि फरक र कडा कदम यो देश र जनताको लागि चाल्नु पर्ने हुन सक्छ । त्यो बाध्यता बन्न सक्छ । तर यति सजिलै अन्तर्राष्ट्रिय दबाबले यो हुन दिने पनि छैन र चल्खेल र दबाब हुन सक्ने देखिन्छ ।

 

राजनितिक विज्ञान कुनै गणितीय शास्त्र जस्तो predictable हुदैन । राजनिती तथा सत्ताको बदलावको प्रमुख कारण हुन्छ, अर्थ ब्यबस्था । बर्षौसम्म बिश्व साम्राज्यको ताज पहिरन गरेको बिकसित मुलुक अमेरिका जसले UN, WorldBank, IMF  लगायतका थुप्रै बिश्व तथा क्षेत्रीय सहयोग संगठनहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि आफ्नो बर्चस्व बनाइ राख्न कुनै कसर बाँकी राखेको हुदैन । अहिले आएर MCC  को नाउँमा उसको बिश्व भरी आर्थिक रुपले प्रभाव जमाउने प्रयासबाट सायदै कमै मुलुक अछुतो होलान । आज कोरोना महामारीले अलग थलग पुर्यायो त्यो अमेरिकालाई । कोरोना महामारीको नियन्त्रणको लागि हरसम्भव प्रयास गर्दैछ अमेरिका, तर दिनहु सबै भन्दा बढी नया संक्रमण र मृत्यु दर बढीरहेको देखिन्छ । सारा बिकसित युरोपियन मुलुकहरु अहिले तेहि कहरबाट गुज्रिरहेका छन ।

दोस्रो पाटो हेरौ चीन, कोरोनाको उदगमथलो नै बन्यो । पहिला हेर्दा चीन अब महामारीको चपेटाबाट बाहिर निस्कन सक्दैन भन्ने धेर अडकल बाजि गरे सारा अमेरिका र युरोपहरुले । कोरोना महामारी चीनको biological weapon हो भनेर अपुस्ट आरोप पनि खेप्यो चीनले । आफ्नो साधन श्रोत प्रबिधी सबै प्रयोग गर्यो र अन्ततः नियन्त्रणको घेरा भित्र ल्याइ छोडयो । अहिले सारा विश्व ठप्प भै रहँदा चीन उत्पादनको तयारीमा छ ।

तेश्रो पाटो, हाम्रो छिमेकी मुलुक, भारत जहाँ ४० दिन भन्दा बढी भयो देश पुरै  lockdown भएको तर पनि ४० हजारको हाराहारीमा संक्रमण देखिएका छन । मृत्यु दर दुई हजार पुग्ने तयारीमा छ । corona virus  को १४ दिन incubation period  हो भन्दा जसरी अहिले ५० दिन  lockdown पुग्ने हाराहारीमा किन भारतमा नया संक्रमण र नया मृत्युदर बिकराल रुप लिइ अगाडी बढीरहेको छ । यसले प्रष्ट हुन्छ कि भयाबह रुपमा फैलीसकेको र तभकत गर्दा मात्र थाहा भएको अन्दाजा लगाउन सकिन्छ । २० लाख भन्दा बढी बेसहारा बालबालिका सडक मै सुती राखेका छन् । ४० लाख भन्दा बढी रिक्सा चालकहरु सडक मै अलपत्र छन, १० औँ लाख मजदुर महारास्ट्र, दिल्ली लगायतका ठुलठुला शहरमा फसिरहेका छन । लाखौ विद्यार्थीहरु कोटा राजस्थान लगायतका ठाउहरुमा फसिरहेका छन् । अब भारतमा यी करोडौं ब्यक्तीहरुलाई सित्तैमा राहत दिने कुरा र नया संक्रमण र मृत्युको संख्या बढदै जाँदा अझ महिनौ हुने  lockdown को कारण र्राष्ट्रिय खाद्य उत्पादनको रुकावटले national economy मा पार्ने भयाबह स्थितीले भारत अब चीनको बाटो पछ्याउँछ या अमेरिका इटालि स्पेनको बाटो ! त्यो भोलिका दिनले बताउला ।

अब हाम्रै देश नेपालमा हेरौ, भारतसँगको हजारौ किलोमीटरको खुला सिमाना भएको कारणले जबसम्म भारतमा lockdown हुन्छ तबसम्म हामी अहिले भन्दा अलिकती अप्ठ्यारोमा मात्र परौला तर जब भारतमा  lockdown ओपेन हुन्छ तब त्यसको प्रत्यक्ष असर हामीलाई पर्ने निस्चित छ र हामी पछ्याउने बाटो कुन हुन्छ ? चीनको या फेरि भारत को ! कोरोनाबाट हामी बच्न निश्चयनै कडा मार्ग अपनाउनु पर्ने हुनसक्छ ।
अहिले जति कुर्सीको लडाइँमा लागे पनि त्यतिबेला सबै मिलि एकजुट भएर अलि फरक र कडा कदम यो देश र जनताको लागि चाल्नु पर्ने हुन सक्छ । त्यो बाध्यता बन्न सक्छ । तर यति सजिलै अन्तर्राष्ट्रिय दबाबले यो हुन दिने पनि छैन र चल्खेल र दबाब हुन सक्ने देखिन्छ ।

अब कोरोना महामारी नै अबको बिश्व राजनितिक तथा आर्थिक ब्यबस्थाको कारक बन्न सक्छ र यदी महामारी कै कारन बिश्व अर्थतन्त्रमा पर्ने प्रभावको कारन अमेरिकाले बिश्व साम्राज्यको ताज कायम राखी राख्छ कि गुमाउछ कि फेरि चीनले त्यो अवसर प्राप्त गर्छ । यो महामारीको नियन्त्रण पश्चात् थाहा होला तर पनि हाम्रो मुलुक भारत र चीन जुन अर्थतन्त्र र राजनैतिक र उत्पादनको हिसाबले बिल्कुलै अलग ब्यबस्थामा देखिन्छ्न । यो दोहोरो दोहनमा हाम्रो मुलुक पर्ने सम्भावना र अहिलेको राजनितिक खिचातानीले गर्दा कतै यहाँ राजनैतीक परिवर्तनको अवस्था त होइन ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १२:४१ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...