back

चिराइतो बिक्री नहुँदा इलामका किसान मारमा

वि.सं.२०७३ पुस ७ बिहीवार

540 

shares
GLOBAL IME AD
NTC AD

७ पुस, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन रु पाँच हजारमा बिक्री हुने गरेको किसान बताउँछन् ।

दुई वर्षयता भारतीय व्यापारीले नेपालमा उत्पादित चिराइतोमा मिसावट भएको भन्दै किन्न छोडेपछि किसान मारमा परेका हुन् । उचित मूल्य पाउने आशमा अघिल्लो वर्षको चिराइतो नबेची बसेका किसानको गोदाममा यस वर्षको उत्पादन समेत थपिएको छ । केही व्यापारीले चिराइतोमा कम गुणस्तरको भाले चिराइतो मिसाएर भारत निकासी गरेका कारण बजार खस्केको सुलुबुङका जडीबुटी कृषक युवराज पौडेलको भनाइ छ ।

तीन÷चार वर्षअघि प्रतिमन रु ३० हजारसम्ममा किसानले सजिलै बेचेको चिराइतो गत वर्ष रु १५ हजारमा कारोबार भएको र यसपटक रु पाँच÷छ हजारमा बेच्न समेत धौ धौ परेको सोम राई बताउनुहुन्छ । चिराइतोको भाउ बर्सेनि घटेर लगानी नै उठाउन नसक्ने अवस्था आएपछि जिल्लाका करिब पाँच हजार व्यावसायिक किसान चिराइतो खेतीप्रति निराश बन्न थालेका छन् । यहाँका किसानले कम्तीमा २० मनदेखि ८० मनसम्म चिराइतो उत्पादन गर्ने गरेका छन् । रासस

वि.सं.२०७३ पुस ७ बिहीवार ०८:४२ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...