back
CTIZAN AD

चिराइतो बिक्री नहुँदा इलामका किसान मारमा

वि.सं.२०७३ पुस ७ बिहीवार

1K 

shares

७ पुस, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन रु पाँच हजारमा बिक्री हुने गरेको किसान बताउँछन् ।

दुई वर्षयता भारतीय व्यापारीले नेपालमा उत्पादित चिराइतोमा मिसावट भएको भन्दै किन्न छोडेपछि किसान मारमा परेका हुन् । उचित मूल्य पाउने आशमा अघिल्लो वर्षको चिराइतो नबेची बसेका किसानको गोदाममा यस वर्षको उत्पादन समेत थपिएको छ । केही व्यापारीले चिराइतोमा कम गुणस्तरको भाले चिराइतो मिसाएर भारत निकासी गरेका कारण बजार खस्केको सुलुबुङका जडीबुटी कृषक युवराज पौडेलको भनाइ छ ।

तीन÷चार वर्षअघि प्रतिमन रु ३० हजारसम्ममा किसानले सजिलै बेचेको चिराइतो गत वर्ष रु १५ हजारमा कारोबार भएको र यसपटक रु पाँच÷छ हजारमा बेच्न समेत धौ धौ परेको सोम राई बताउनुहुन्छ । चिराइतोको भाउ बर्सेनि घटेर लगानी नै उठाउन नसक्ने अवस्था आएपछि जिल्लाका करिब पाँच हजार व्यावसायिक किसान चिराइतो खेतीप्रति निराश बन्न थालेका छन् । यहाँका किसानले कम्तीमा २० मनदेखि ८० मनसम्म चिराइतो उत्पादन गर्ने गरेका छन् । रासस

वि.सं.२०७३ पुस ७ बिहीवार ०८:४२ मा प्रकाशित

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...