back
CTIZAN AD

भारतमा मासु पसल बन्द हुँदाको असर मलेसियाली र इण्डोनेसियालीको खानामा

वि.सं.२०७७ वैशाख २१ आइतवार

903 

shares

२१ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमण रोक्नको लागि चलिरहेको लकडाउनले यस देशका जनताको जीवनमा मात्र असर पारेको छैन  विदेशी जनताको खाना बानीमा पनि असर गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारत मलेसियामा सबैभन्दा धेरै गाईको मासु निर्यात गर्ने दोस्रो देश हो, तर यतिबेला भारतमा मासु प्रशोधन केन्द्र बन्द हुँदा मलेसियामा भारतले गर्दै आएको गाईको मासु निर्यात पनि बन्द छ ।

अहिले रमजानको महीना छ तर मलेसियामा मासुको अभाव भएको छ त्यसकारण मासुको मुल्य चुलिएको छ । रोयटर्सका अनुसार भारतले प्रतिमहिना एक लाख टनमा भैंसीको मासु बिक्री गर्दछ, तर मार्चमा यो ४० हजार टन थियो । यो बिक्री अप्रिलमा अझ घट्ने अपेक्षा गरिएको छ किनकि अप्रिल महिना भरी लकडाउन भएको छ ।

मे महिनामा पनि, त्यहाँ कुनै आशा छैन । उत्तर प्रदेशका मासु निर्यातकर्ताहरूले भनेका छन् ‘अहिले मासु उद्योगको पक्षमा केहि पनि भइरहेको छैन । रमजान महिनाको अवधिमा मलेसियामा फ्रिज भैंसीको मासुको मूल्य गत वर्षको तुलनामा १५–२० प्रतिशतले वृद्धि भएको छ ।

क्वालालम्पुरका एक मलेशियन मासु व्यवसायीका अनुसार प्रत्येक महिना भारतबाट ३५० कन्टेनर भैंसीको मासु मलेसिया जान्छ, जुन अहिले आधी भएको छ ।’

२०१० मा भारतले १.५ लाख टन गाईको मासु विदेशमा निर्यात गरेको थियो । भारतमा मासु उत्पादन प्रभावित हुँदा मलेसियामा अहिले मासु आपूर्ति बन्द भएको छ ।

मलेसियाले आफ्नो गाईको मासुको आवश्यकताको ७० प्रतिशत भारतबाट आयात गर्दछ । इन्डोनेसियाले पनि भारतबाट एक तिहाई गाईवानी आयात गर्दछ । भैंसीको मासु कम मूल्यमा पाइने धेरै लोकप्रिय छ । जकार्ताका स्रोतहरूले रोयटर्सलाई भनेका छन् कि यस वर्ष भारतले १ लाख ७० हजार टन गाईको मासु निर्यात गर्ने आशा गरिएको थियो, तर लकडाउनका कारण बन्द हुँदा अब व्यापारीहरू ब्राजिल र अर्जेन्टिना तिर जान सक्ने बताइएको छ ।

तस्विर  https://www.freemalaysiatoday.com/

 

वि.सं.२०७७ वैशाख २१ आइतवार १०:४७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...