back
CTIZAN AD

छिटोभन्दा छिटो महाधिबेशन नै नेकपा विवादको समाधान

वि.सं.२०७७ वैशाख २१ आइतवार

951 

shares

२१ वैशाख, काठमाडौँ । अधिकारकर्मी डा. नेत्र तिमिल्सिना नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको समस्या व्यक्तिहरुको इगोबाट सृजित समस्या भएको बताउँछन् ।

पार्टी एकीकरणको काममा ढिलाई हुँदा यस्ता व्यक्तिगत इगोहरु समस्याको रुपमा आउने तर्फ संकेत गर्दै उनले पार्टीले छिटो भन्दा छिटो एकिकरणको काम सक्नुपर्ने बताएका छन् । ‘पार्टीले छिटो भन्दा छिटो एकिकरणको काम सकी महाधिबेशनमार्फत पार्टीलाई संस्थागत गर्नुपर्छ ‘भन्ने  आम कार्यकर्ता तथा शुभचिन्तकहरुको मनोविज्ञान पनि भएको उनको बुझाइ छ ।

अहिलेको अवस्थामा भ्रस्टाचारमा शुन्य सहनशीलता, देशमा कोहि भोको पर्दैन र उपचार नपाइ रोगले मर्दैन भन्ने उदघोष सार्थक रुपमा जनताले अनुभूति गर्ने गरि ब्यबहारमा उतार्ने काम सरकारले आफ्नो प्राथमिकतामा पानुपर्ने उनले सुझाव राखेका छन् ।

उनले लेखेका छन् :

“अहिले कुनै पनि राजनीतिक दल भित्र मुलुकलाइ बन्धक बनाउने गरि बिग्रह हुनु हुदैन भन्ने आम जनताको मनोविज्ञान हो । सरकारले अर्को आम निर्वाचनसम्म निर्बाधरुपमा काम गर्न पाउनु पर्छ र पार्टीले छिटो भन्दा छिटो एकिकरणको काम सकी महाधिबेशनमार्फत पार्टीलाई संस्थागत गर्नु पर्छ भन्ने पनि आम कार्यकर्ता तथा शुभचिन्तकहरुको मनोविज्ञान हो। झट्ट बाहिरबाट हेर्दा अहिलेको समस्या फगत व्यक्तिहरुका इगोबाट सृजित भएको देखिन्छ। व्यक्ति फेरिने कुराले त्यति बेला मात्र अर्थ राख्दछ जतिबेला संस्कारसहित आचरण र ब्यबहार परिबर्तन हुने सुनिश्चित हुन्छ। यसो भनिरहदा कुनै पनि पार्टी र सरकार भित्र हुने लोकतान्त्रिक अभ्यास, मूल्य मान्यता, लोकतान्त्रिक आचरण र व्यवहारलाई कुनै पनि बहानामा ओझेलमा पारिनु हुँदैन। कानुनि राज्यको सिद्धान्त र व्यवहारलाई पूर्ण रुपमा कार्यान्वयनमा उतारिनु पर्दछ । सरकार गठन हुदाका बखत गरिएका प्रतिबद्धताहरू : भ्रस्टाचारमा शुन्य सहनशीलता, देशमा कोहि भोको पर्दैन र उपचार नपाइ रोगले मर्दैन भन्ने उदघोष सार्थक रुपमा जनताले अनुभूति गर्ने गरि ब्यबहारमा उतार्ने काम नै प्राथमिकतामा पारिनु पर्दछ। आम जनता र सरोकारवालाहरुका भावनाहरुलाइ समेट्ने गरि योजनाहरु निर्माण गर्ने, ति योजनाहरुलाई जनसहभागिता सुनिस्चित गर्दै पारदर्शी तरिकाले कार्यान्वयन गर्ने, काम कति प्रभावकारी भए भन्ने कुराको गहन समिक्ष्या गर्ने र त्यसबाट प्राप्त सिकाइहरुलाइ अझ परिस्कृत उचाइमा पुर्याउने प्रणाली अबलम्बन गर्ने हो भने कोहि पनि बेखुसी हुने ठाउ रहदैन। यस्तो प्रक्रियाले बिकासमा जनताको अपनत्व बढाउछ । अब सबैको उर्जा मुलुकले अहिले भोगिरहेको विषम परिस्थिति र भबिस्यम्मा भोग्नु पर्ने कठिनाइसंग सामना गर्न एकाकार भएर लाग्नु नै अहिलेको ज्वलन्त र विवेकपूर्ण काम हो।”

वि.सं.२०७७ वैशाख २१ आइतवार १६:०५ मा प्रकाशित

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...