back
CTIZAN AD

कोरोनाले कैद गरेका यी खरबौँका हतियार

वि.सं.२०७७ वैशाख २१ आइतवार

945 

shares

एउटा भाइरसले संसारलाई काबु बनाएको महशुस गर्दै सैन्यक्षेत्रको केहि खर्च अब स्वास्थ केन्द्रित अध्ययन अनुसन्धानमा नलगी सुखै छैन । लामो दुरीमा हान्न र बिनाश गर्न सक्ने भनिएका हतियारहरु पनि बंकरभित्रै कैद हुन पुगेका छन । कोरोना महामारीमा हतियारको होड र परीक्षणको तमासा देखाएका शक्तिशाली मुलुकले यो नस्विकारी सुखै छैन ।

२१ वैशाख । विज्ञान र प्रविधिलाई निलम्बन गर्दै कोरोनाले शासन गरीरहेको बेला विश्वमा १९ खर्ब १७ अर्ब अमेरिकी डलर सैन्य र हातहतियार क्षेत्रमा खर्च भएको प्रतिवेदन सार्वजनिक भएको छ । तर कोरोना महामारीको यो बेला ती सबै हतियार पनि कैदमा बसेजस्तै भएका छन् ।

युरोपेलि देश स्विडेनमा रहेको स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था (SIPRI) द्वारा हालै प्रकाशित एक प्रतिवेदनका अनुसार संसारले गत १ वर्षमा अर्थात् सन् २०१९ मा १९१७ विलियन अमेरीकी डलर (१९ खर्ब १७ अर्ब डलर) खर्च गरेको जनाएको छ ।

शान्तिका विषयमा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्थाका रुपमा ख्याती कमाएको (SIPRI) ले वर्षेनी यो रिपोर्ट सार्वजनिक गर्दै आएको छ । गत बर्ष सन् २०१८ मा १८२२ विलियन अमेरिकी डलर खर्च भएको देखाएको थियो ।

संस्थाका अनुसार सन् २०१८ को आँकडामा ३.६ प्रतिशतले बृद्धि भएको छ भने सन् २०१० यताको रेकर्डमा भने सन २०१९ सबैभन्दा बढी खर्चालु वर्ष हुन पुगेको छ । सन् २००८ मा विश्वले ठूलो आर्थिक मन्दि व्यहोरे पनि त्यसपछिको अर्थतन्त्र पुननिर्माणसँगै सैन्य खर्च बढाएर लगिएको थियो ।

 

सो रिपोर्टका अनुसार विश्वको कुल सैन्य खर्च १९१७ विलियन डलर मध्ये अमेरिका एक्लैले ३८ प्रतिशत गरेको छ । अमेरिकामा गत वर्ष भन्दा ५.३ प्रतिशत बढेर सन् २०१९ मा ७५२ विलियन डलर पुगेको छ । सैन्य खर्चमा पहिलो रहेको अमेरिका पछि दोस्रो चीन रहेको छ । चीनले गतवर्षको खर्चबाट ५.१ प्रतिशत बढाएर २६१ विलियन डलर पु¥याएको छ । विश्व आँकडामा चीनले १४ प्रतिशत ग्राफ देखाएको छ । प्रतिस्पर्धी राष्ट्र ठानिए पनि अमेरिकाको तुलनामा चीनले आधा खर्च पनि गरेको छैन ।

तेस्रोमा रहेको भारतले अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशत बढाएको छ । तर विश्वग्राफमा भने भारतको खर्च ३.७ प्रतिशत छ अर्थात् सन २०१९ मा भारतले जम्मा ७१ अर्ब डलर खर्चेको छ । हतियारको दादा भनिने रुसले ४.५ प्रतिशतमा बृद्धि गरी ६५.१ विलियन डलर खर्च पु¥याएको छ । विश्वग्राफमा उसको आकार ३.४ प्रतिशत मात्र छ । यसैगरी पाचौँ राष्ट्रमा साउदी अरब परेको छ । उसले संसारको ३.२ प्रतिशत खर्च गरेको छ भने छैठौँमा क्रमशः फ्रान्स र जर्मनले २.६ प्रतिशत हिस्सा राखेका छन् । यसैगरी बेलायत र जापानले २.५, दक्षिण कोरिया २.३, ब्राजिल, इटाली र अष्ट्रेलिया १.४, क्यानडा १.२ र इजरायल १.१ छन भन अन्य सबै राष्ट्रहरुको जोडेर १९ प्रतिशत पुगेको आँकडा छ ।

अमेरिका, चीन, भारत, रुस र साउदी अरब गरी ५ वटा देशले मात्रै ६२ प्रतिशत खर्च पु¥याएका छन् । यी ५ मध्ये ३ वटा त एशिया महादेशकै रहेका छन् । नाटोमा संलग्न २९ देशको हिसाब जोड्दा १०३५ विलियन डलर पुगेको देखिन्छ । दक्षिण अमेरिकी देशहरुको ५२.८ विलियन, अफ्रिकी देशहरुको ४१.२ विलियन र दक्षिण पूर्वी एशियाली मुलुकले ४०.५ विलियन डलर खर्च गरेको देखिन्छ ।

उच्च बृद्धिका हिसाबले बुल्गेरियाले १२७ प्रतिशत बृद्धि गरेको छ भने युगाण्डा ५२ प्रतिशत, बुर्कीनापासो २२ प्रतिशत, रोमानिया १७, कंगो १६, जर्मनी १० र नाइजेरियाले ८.२ प्रतिशत शैन्य खर्च बढाएका छन् । सैन्य प्रभाव बढाउन र देखाउन, प्रतिस्पर्धीहरुलाई मनोविज्ञान सम्प्रेषण गर्न, सैन्य अखडा संचालन, लडाकु जहाज, तालिम, अन्वेषण, परीक्षण र अनुसन्धान तथा सैन्य प्रशासन सम्बन्धि काममा गरिएका खर्चको सुक्ष्म अध्ययनसहित यो विश्लेषणात्मक रिपोर्ट आएको छ ।

सन् २०१९ को यो सैन्य खर्चको हिसाबले सन् २०२० को बर्तमान अवस्थालाई व्यङ्ग्य गरेको छ । सबैभन्दा धेरै पैसा सैन्य र हातहतियारमा खर्चने अमेरिकामा मात्रै कोरोनाले पौने १२ लाख मानिस प्रभावित बनाएको छ भने झण्डै ६८ हजारको संख्यामा ज्यानै लिएको छ । कोरोना आक्रमण पछिको स्थिति हेर्दा बिश्व अर्थतन्त्र निकै प्रभावित भैसकेको कारण पनि सन् २०२० मा यस क्षेत्रको खर्च स्वत घट्ने नै छ । त्यसबाहेक एउटा भाइरसले संसारलाई काबु बनाएको महशुस गर्दै सैन्यक्षेत्रको केहि खर्च अब स्वास्थ केन्द्रित अध्ययन अनुसन्धानमा नलगी सुखै छैन । लामो दुरीमा हान्न र बिनाश गर्न सक्ने भनिएका हतियारहरु पनि बंकरभित्रै कैद हुन पुगेका छन । कोरोना महामारीमा हतियारको होड र परीक्षणको तमासा देखाएका शक्तिशाली मुलुकले यो नस्विकारी सुखै छैन ।

वि.सं.२०७७ वैशाख २१ आइतवार १९:५० मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...