back
CTIZAN AD

कोरोनालाई मध्येनजर गर्दै भारतले ‘श्रमिक विशेष रेलसेवा’ सुरु गर्ने

वि.सं.२०७७ वैशाख २१ आइतवार

855 

shares

२१ बैशाख नयाँदिल्ली ।  भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्नेगरी ‘श्रमिक विशेष रेलसेवा’ संचालनमा ल्याउन विशेष निर्देशिका जारी गरेको छ ।
विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउने उद्देश्यले श्रमिक विशेष रेलसेवा शुरु गर्न लागिएको हो ।

यो विशेष रेलसेवाबाट कामदार, तिर्थयात्री, पर्यटक, विद्यार्थी र अन्यत्र जान नपाएर अलपत्र परेकाहरुलाई सेवा दिइने भएको छ ।

प्रदेश सरकारको प्रशासनको सिफारिसका आधारमा प्रदेशस्तरका रेलसेवा मात्रै सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् । तर उनीहरुका लागि निर्देशिका भने केन्द्रीय सरकारले नै जारी गरेको छ ।

केन्द्रीय रेल मन्त्रालयले केही सर्त र मापदण्डहरु समेत उल्लेख गरेर निर्देशिका जारी गरेको समाचारमा जनाइएको छ ।
हरेक यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, बढीमा १२ घण्टाको मात्रै यात्रा गर्न पाइने, एक छाक खाना रेलसेवाले नै उपलब्ध गराउने निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी हरेक यात्रुलाई प्रदेश सरकारले नै जिम्मा लिनु पर्ने, प्रदेशले नै उनीहरुलाई आवश्यकता र अवस्था अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन र बाँकी यात्राको व्यवस्था गर्नु पर्नेछ ।

रेल तथा रेल स्टेशनहरुमा सामाजिक दुरीलगायतका स्वास्थ्य सतर्कता पूर्ण रुपमा अपनाउनु पर्ने शर्त पनि राखिएको छ ।

भारतमा सरकारले मे ३ अर्थात आइतबारदेखि सकिन लागेको लकडाउनको अवधि फेरि लम्ब्याएर यही मे १७ सम्म पु¥याएको छ । अहिले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरिएको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न भन्दै लकडाउन घोषणा गर्ने ठूला देशहरुमध्ये भारत अग्रस्थानमा पर्दछ । भारतमा घोषणा गरिएको लकडाउनलाई सबैभन्दा ठूलो र सबैभन्दा लामो अवधिको लकडाउन भनिएको छ ।एएनआई

वि.सं.२०७७ वैशाख २१ आइतवार १९:५९ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...