back
CTIZAN AD

विनोदको ‘मान्छे’गीतको भिडियो रिलिज

वि.सं.२०७७ वैशाख २४ बुधवार

732 

shares

गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।

युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ । सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । विनोद वानियाको आवाजमा रहेको गीतमा संगीत विवि अनुरागीको हो भने रचना राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो ।

भिडियो उत्कृष्ट बनेको विनोदले बताए । ‘भिडियो राम्रो बनेको छ, आशा छ दर्शकको साथ पक्कै मिल्नेछ’ उनले भने । भिडियोलाई उत्कृष्ट बनाउन आफुले मेहनत गरेको निर्देशक पोखरेल बताउँछन् । ‘भिडियो राम्रो बनेको छ, गीतलाई न्याय गर्न सकेकी सकिन त्यसको मुल्याकंन दर्शकले गर्नुहुनेछ’ उनले भने । यथार्थ चरित्रलाई अभिनयको माध्यमबाट जिवन्तता दिँदै पर्दामा देखाउन खप्पिस कलाकार प्रकाश घिमिरेसँग काम गर्न पाएको भन्दै निर्देशक पोखरेल झनै उत्साहित छन् ।

यता कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने ।
गायक वानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एलबम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।

वि.सं.२०७७ वैशाख २४ बुधवार ०९:५४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...