back

नलकटुवासहित तीनजना पक्राउ

वि.सं.२०७३ पुस ८ शुक्रवार

783 

shares

८ पुस,गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९ मा गएराति प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने राजेन्द्र साह रहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।

गौशाला–९ स्थितमा गुदर महतोले आफैँ सञ्चालन गर्दै आएको कुखुरा फार्ममा अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा गएराति करिब ८ बजे इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटिगएको प्रहरी टोलीले कुखुरा फार्मबाटै तीनै जनालाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो ।

तीनै जनाले कुखुरा फार्ममा प्लास्टिकको झोलामा बेरेर जमिनमा सुख्खा माटोले छोपेर एक थान नलकटुवा पेस्तोल लुकाइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

नलकटुवासहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याउने तयारी भइरहको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार ०४:३८ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...