back
CTIZAN AD

नलकटुवासहित तीनजना पक्राउ

वि.सं.२०७३ पुस ८ शुक्रवार

921 

shares

८ पुस,गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९ मा गएराति प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने राजेन्द्र साह रहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।

गौशाला–९ स्थितमा गुदर महतोले आफैँ सञ्चालन गर्दै आएको कुखुरा फार्ममा अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा गएराति करिब ८ बजे इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटिगएको प्रहरी टोलीले कुखुरा फार्मबाटै तीनै जनालाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो ।

तीनै जनाले कुखुरा फार्ममा प्लास्टिकको झोलामा बेरेर जमिनमा सुख्खा माटोले छोपेर एक थान नलकटुवा पेस्तोल लुकाइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

नलकटुवासहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याउने तयारी भइरहको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार ०४:३८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...