back
CTIZAN AD

लघुकथाः पैसाको मन

वि.सं.२०७७ वैशाख २७ शनिवार

822 

shares

हरेक दिन कार्यालय जानु अगाडि उसले छोरालाई डो¥याउँदै स्कूल पु¥याउने गथ्र्यो । छोरासँग बाटामा ज्ञानगुनका कुरा गथ्र्यो । आज पनि उसले छोरालाई डो¥याउँदै भन्यो, “छोरा ! तिमी स्कूलमा धेरै पढ्नू । पढेर भोलि ठूलो भएपछि धरै पैसा पाउन सक्छौ, बुझ्यौ ?”

“पैसा कहाँ हुन्छ ड्याडी ?” छोराले सोध्यो ।

“पैसा कहाँ छैन र ! हाम्रा हरेक पाइला–पाइलामा पैसा छ । यही हावामा पनि पैसा यत्रतत्र उडिरहेको छ । हामी हिँड्ने यही बाटोमा पनि अनगिन्ती पैसा छरिएको छ । हामीले पैसालाई सही समयमा चिनेर टिप्न मात्र जान्नु पर्छ । बुझ्यौ छोरा ?” नभन्दै छोराले पाँच रूपैयाँको नोट बाटोमा देख्यो । “ड्याडी ! बाटोमा पैसा रहेछ !”

छोराले बाबुको हात छुटाएर पैसा टिप्न खोज्यो । बाबुले उसलाई रोक्दै, “नटिप छोरा ! त्यो जाबो पाँच रूपैयाँ ! आज कति धेरै पैसा पाइन्थ्यो होला, जाबो पाँच रूपैयाँले आजको दिन त्यसै टर्ने होला । भैगो नटिप त्यो रूपैयाँ ।”

“किन नटिप्ने ? त्यो त पाँच रूपैयाँ हो, पाँच रूपैयाँ !” टिठलाग्दो स्वरमा छोराले बोल्यो ।

बाबुको हात फुत्काएर छोराले नोट टिप्यो र नजिकैको पसलमा गएर तत्काल फर्कियो । उसले हातमा चक्लेटहरू देखाउँदै भन्यो, “यो चकलेट बहिनीलाई, यो ममीलाई, यो मलाई अनि ड्याडी ! यो चाँही हजुरलाई ।” छोराले बाबुलाई चकलेट दिन खोज्दै थियो ।

“म त चकलेट खान्न छोरा । यो चकलेट तिमीलाई नै भयो ।” बाबुले अमिलो अनुहारमा छोरालाई नै चकलेट फिर्ता ग¥यो । छोराले एउटा चकलेट खायो । मुख मिठ्याउँदै हातमा एक रूपैयाको डबल देखाउँदै भन्यो, “ड्याडी ! मसँग अझ एक रूपैयाको डबल पनि छ । चार रूपैयाँमात्र चकलेट किन्दा सकियो ।”

स्कूलको मूल ढोका नजिकै पुग्दा छोराले आफ्नो हातमा एक रूपैयाको डबल देखाउँदै फेरि भन्यो, “ड्याडी ! म एउटा कुरा भनौ ?”

“के भन न छोरा ।”

“ड्याडी ! म हजुरभन्दा नि एक रूपैयाँले धनी भएँ नि !”

छोरो कुरा सुनेर ऊ अचम्मित भयो । मुस्कुराउँदै हात हल्लाएर वाइगर्दै छोराले स्कूल हातामा प्रवेश ग¥यो ।

छोरालाई स्कूल पु¥याएर बाटोमा अफिसको गाडी कुर्दैगर्दा उसको मनमा आज धेरै कुरा खेल्यो । भर्खरै छोराले बोलेका बोलीहरू उसको मानसपटलमा गुञ्जियो, ‘ड्याडी ! म हजुरभन्दा पनि एक रूपैयाँले धनी भएँ नि !’ ऊ आफैमा गम खाँदै थियो ।

त्यसैबेला उसको आँखाले पनि सडकपेटीमा एक रूपैयाँको पहेँले डबल टिलिक्क टल्केको देख्यो । सानोतिनो पैसामा उसले कहिलै आँखा लगाउँदैनथ्यो । आज मजबुर हुँदै उसले त्यो डवल टपक्क टिप्यो, निधारमा छुवायो कोटको भित्री खल्तीमा हाल्यो, अनि मनमनै बिचार ग¥यो, ‘धन्य यो एक रूपैयाँको सिक्का ! अहिले म पनि छोरा सरह बराबरीको भएँ ! हामी दुबै बाबु–छोरासँग आज एक–एक रूपैयाँको सिक्का छ !’

समाप्त

कागेश्वरी मनहरा नगरपालिका-५, थली, काठमाडौं ।

 

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:२९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...