back
CTIZAN AD

रोकिएन सीमाबाट नेपाल प्रवेश गर्नेक्रम

वि.सं.२०७७ वैशाख २८ आइतवार

750 

shares

२८ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । उनले भने, ‘जिल्लामा सबै स्थानीय तह सक्रिय छन् तर सीमापारि आएर बसेका नेपाली नै मुख्य चुनौती भएको छ ।’

मर्यादपुर नाकामा २९०, भिल्मीमा २८६, कृष्णनगरमा २५९, हरदौना २०३, कोटरियामा १७०, चाकरचौडामा ११६, हथिहवामा ४७ र विजयनगरको सीमाबाट ३० नेपाली स्वदेश फर्किने पर्खाइमा रहेको स्थानीय पालिकाहरुले जनाएका छन् । जिल्लामा दश पालिकाले तयार गरेको एक हजार ३६२ क्वारेन्टिनमा ८८१ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए । अहिलेसम्म १ हजार ११० को र्यापिड डायग्नोष्टिक टेष्ट भएको छ । उच्च जोखिममा भएकाले तीन क्वारेन्टाइन सञ्चालन गरेको मायादेवी गाउँपालिकाले त्यसको सङ्ख्या वढाएर १७ पु¥याउने निर्णय गरेको उपाध्यक्ष गीता तिवारीले बताईन । पालिकाको दक्षिण क्षेत्र भारत उत्तर प्रदेशको अलिगढवा पर्छ । साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा मिलेर बनेको मायादेवीमा यतिबेला सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

भारतसँग २८ किलोमिटर सीमा जोडिएको विजयनगर गाउँपालिकामा यतिबेला जंगलको बाटो भएर नेपाल प्रवेश गर्नेहरुलाई रोक्न प्रशासनलाई हम्मेहम्मे परेको छ । गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले भने, ‘जंगलबाट फर्किएका ७७ लाई त्रिनेत्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका छौंँ ।’ गाउँपालिकाले दूधधारी मावि, हरिबोध प्रावि, रामशरण प्रावि, लौटनराम दौपदी मावि र त्रिनेत्र आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिलेसम्म १५७ छन् ।

जिल्लाका कृष्णनगर नाकाबाट पनि स्वदेश फर्कने क्रम नरोकिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । नगरप्रमुख शाहले भने, ‘हामी अत्यन्तै तनावमा छौंँ, जसोतसो गरिरहेका छौंँ र उताबाट आउनेलाई विद्यालयमा पाल टाँगेर राखेका छौंँ ।’ कृष्णनगर नाकाको बढ्नीमा चौबीसै घन्टा रेल चलिरहेकाले भारतका विभिन्न ठाउँबाट नेपाली आइरहेको शाहले बताए ।
जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिकामा तीन क्वारेन्टिनमा १०२ छन् । ती सबै भारतबाट लुकिछिपी आएका हुन । नगरपालिकाका प्रमुख किरन सिंहका अनुसार तौलिहवास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएका सबै भारतबाट आएका हुन् ।

शिवराज नगरपालिकामा बाहिरबाट आएकालाई तीन क्वारेन्टिनमा राखिएको नगर उपप्रमुख शिवकुमारी चौधरीले बताइन । उनका अनुसार सुन्दरीडाँडा वडा नम्बर ९ को प्रकाश माविमा १०, वडा नम्बर ५ को दुर्गा मन्दिरको धर्मशालामा सात र वडा नम्बर ३ को पुरानो छाला फ्याक्ट्रीमा निर्माणाधीन सुपा देउराली रिसोर्टमा २६ छन् ।

वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुका अनुसार सिद्धार्थ क्याम्पसमा पाँचलाई राखिएको छ । उनले भने, ‘पहिले वडावडामा राखेका थियौंँ । अहिले सिद्धार्थ क्याम्पसमा मात्रै राख्न थालेका छौंँ’, महाराजगञ्ज नगरपालिकामा ७८ जनालाई क्वारेन्टिनमा राखिएको छ । उक्त नगरपालिकामा ११ क्वारेन्टिन बनाएर मानिस राखिएको नगर प्रमुख अब्दुल कलामले बताए । बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध मावि गोरुसिँगेको क्वारेन्टिनमा १७५ जना रहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए । यशोधरा गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले सीमाबाट भीड बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमदका अनुसार भारतमा रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रमा समस्या बढेको छ । सनिबारदेखि धेरै चाप बढेको छ । पहिले ९० थिए । भारतमा रेल चल्न थालेपछि मान्छे बढ्न थालेको उहाँले बताए। उक्त पालिकाका पुड्केश मावि वगदी, अनुराग प्रावि ठूलो नन्दनगर, मदारगढ मावि, असुरैनाको प्रावि, रामउजागिर प्रावि, दोहनीमा रहेको सञ्जय ईश्वरचन्द्र निमावि र कर्मा प्राविमा क्वारेन्टिन बनाइएको छ । रासस

वि.सं.२०७७ वैशाख २८ आइतवार २०:४० मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...